ताजा खबर

पोखरामा फुटवल प्रशिक्षक प्रशिक्षण सुरु , प्रदेशका खेलाडीलाई प्रोत्साहन गछौंः सदस्य सचिव शर्मा

दीननाथ बराल
पोखरा २०, मंसिर

पोखरा क्षेत्रको फुटवल खेलको विकास गर्न एएफसी सी लेवलको डिप्लोमा फुटवल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा आज देखि पोखरा रंगशालामा एक हप्ते उक्त प्रशिक्षण सुरु भएको एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले बताउनु भयो ।

गण्डकी प्रदेशका कास्की, बागलुङ, गोर्खा र मनाङ, त्यसै गरी डोल्पा, ललितपुर, काठमाडौं, विरगन्जबाट गरी २४ जना प्रशिक्षार्थीहरु रहेको उहाँले बताउनु भयो । पहिलो चरणको उक्त प्रशिक्षणमा दैनिक जसो ८ घण्टा प्रशिक्षण हुने भएको छ भने एक महिना पछि पुनः दोश्रो चरणमा प्रशिक्षण हुने भएको एन्फा कास्कीका महासचिव बुद्वी बहादुर खत्री क्षेत्रीले बताउनु भयो ।

नेपालमै एएफसी मान्यता प्राप्त फुटवल प्रशिक्षकमा हरि खड्का र सजिव सिंह रहनु भएको छ । उहाँहरुले नै पोखरामा संचालन हुने उक्त प्रशिक्षण दिदै हुनुहुन्छ । कार्यक्रम संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी हरि खड्काले एएफसीको नियम अनुसार फुटवल प्रशिक्षण हुने बताउनु भयो । पोखरा र यस क्षेत्रको फुटवल खेलको बिकास गर्न उक्त तालिमले धेरै सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । नेपालको फुटवलको भविश्य कता लैजाने भन्ने प्रशिक्षकहरूको हातमा हुने उहाँको भनाई थियो ।

उक्त कार्यक्रमको बुधबार पोखरामा एक समारोहका बिच उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले फुटवल खेलको विकासमा उक्त तालिम अति फलदायी हुने दाबी गर्नु भयो । २२–२८ बर्ष खेल्ने खेलाडी व्यावसायिक हुन नसकेर बिदेशीनु पर्ने बाध्यता रहेको दाबी गर्दै उहाँले पोखरा क्षेत्रमा फुटवल प्रतियोगिता कम भएको गुनासो गर्नु भयो । प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्ने सदस्इ सचिव शर्माले बताउनु भयो ।

पोखरामा हुने ५, ७ जना बिचको फुटवल हुनु राम्रो नभएको उहाँको भनाई थियो । खेलाडीको भविष्यमा टिकाउने गरी प्रदेशले केही नविन कामको सुरुवात गर्न लागेको बताउदै सदस्य सचिव शर्माले गण्डकी खेदकुद पदक, खेलाडी बिमा, खेलाडी अक्षयकोस स्थापना गर्ने लगायतका कार्यक्रम ल्याउन लागेको बताउनु भयो । प्रदेशमा करिब हालसम्म विभिन्न खेलका ५ सय रेफ्रि अध्यावधिक भएको उल्लेख गर्दै उहाँले बाँकी रेफ्रिहरुलाई अध्यावधिक गर्न आग्रह गर्नु भयो ।

जिल्ला खेलकुद बिकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाले उक्त तालिमले दक्ष प्रशिक्षक उत्पादन हुने, फुटवलमा उत्पादनको उर्भर भूमि पोखरा कास्की फुटवल खेलमा कमचासो गएको दाबी गर्नु भयो । अब कसरी राष्ट्रिय खेलाडीहरू समावेश गर्न सकिन्छ यसमा परिषद, एन्फा, समितिले सोच्नु पर्ने, तल्लो तहबाट यस खेलकुदलाई समावेस गर्नुपर्ने उहाँको भनाई थियो । नेपालमा १ सय ६७ जना फुटवल खेलको सी लेवलको उत्तीर्ण प्रशिक्षकहरु रहेको बताइन्छ । उक्त प्रशिक्षण यस अघि विराटनगर, धरानमा समेत सम्पन्न भएको छ ।

Related posts