ताजा खबर

हिमालय मा.वि.मा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी

१५ मंसिर, पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी गरिएको छ । पालिकाको वडा ०७ मा रहेको हिमालय माध्यमिक विद्यालयमा उक्त नाटक प्रर्दशनी गरिएको हो । गाउँपालिकामा बढ्दो बालविवाह कम गराउने उद्देश्यले प्रस्तुत गरिएको नाटकमा सानो उमेरमा विवाह गर्दाका समस्यालाई नाटकमा समेटिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष भरतमान गुरुङप्रमुख अतिथिले नाटक निकै सन्देशमूलक रहेको बताए । उनले बालविवाह गर्दा एकातर्फ नेपाल सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वन्चित हुनु पर्ने अर्कोतर्फ स्वास्थ्य पनि जोखिम हुने भएकाले सबैलाई सचेत रहन आग्रह गरे । उनले भौतिक विकाससँगै सामाजिक विकासका लागि बालविवाह मुक्त समाज भयो भने बल्ल सम्मुनत विकास हुने कुरामा जोड दिए ।

एकीकृत सामुदायिक विकास परियोजनका अधिकृत महेश विश्वकर्माले नेपाल दक्षिण एशियामा बालविवाह उच्च दर रहेको मुलुकमध्ये तेस्रो स्थानमा रहेकाले त्यसलाई न्यूनीकरणका लागि नाटक प्रदर्शन गरिएको बताए । परियोजनाका सहजकर्ता बलबहादुर के.सी.ले हिमालय बाल क्लबको आयोजना, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, नौलो घुम्ती नेपालको सहजीकरण र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा नाटक प्रर्दशनी गरिएको जानकारी दिए ।

नाटक प्रदर्शनपछिको औपचारिक कार्यक्रममा शिक्षक त्रिलोचन पौडेल, शि.अ.सं.का अध्यक्ष चेतबहादुर वि.क, प्रधानाध्यापक शरद सुवेदी, बोलेका थिए । नाटकमा सहभागी १४ जनाकलाकारलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज दुराको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रेमसिंह महराले गरेका थिए ।

Related posts