ताजा खबर

अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव

डि.एन.बी.
पोखरा १४, मंसिर

अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव भएको एक कार्यक्रममा सहभागिहरुले बताउनु भएको छ । बहिरा अन्धोपन भएका व्यक्तिहरुलाई सशक्तिकरण समावेशीकरण र वकालततर्फ दिगो दृष्टिकोण बिषयक शुक्रबार पोखरामा संचारकर्मीसंग गरिएको गोष्ठीमा सहभागिहरुले अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव भएको गुनासो गर्नु भएको हो ।

विश्व बजारमा धेरै प्रकारका र अपाङगता भएका व्यक्तिहरुको सहयोगीको रुपमा प्रयोग हुने सहायक सामाग्रि आर्थिक रुपले उपलब्धता समेत नभएर पनि त्यसको उचित ढंगले प्रयोग गर्न नसकिएको श्रवण दृष्टि विहिन संघ नेपालका अध्यक्ष पुष्पराज रिमालले बताउनु भयो । शारीरिक, मानसिक, बौद्धिक र इन्द्रिय सम्बन्धि दुर्घकालिन असर पार्ने कार्यगत सिमितता वा विद्यमान अबरोधको कारण पूर्ण र प्रभावकारी रुपमा सामाजिक जीवनमा सहभागि हुन बाधा भएको अबस्थालाई अपाङगता भएको व्यक्ति भन्न सकिने उहाँले जनाउनु भयो ।

राष्ट्रिय अपाङग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खेमराज शर्माले राज्यले अपाङगता भएका व्यक्तिहरुको हकहितको लागि न्यून बजेट विनियोजन गर्ने गरेको गुनासो गर्नु भयो । संघियता आउनु पूर्व केन्द्र सरकारबाट अपाङगता भएका व्यक्तिहरुको बर्गीकरण गरी बजेट विनियोजन हुने भए पनि हाल प्रदेश सरकारहरुले अपाङगता भएका व्यक्तिहरुलाई समेट्न नसकेको उहाँले दाबी गर्नु भयो । प्रदेश सरकारले आउदो ५ बर्षको दोश्रो पन्च बर्षीय योजना बनाउदा समेत अपाङगता भएका व्यक्तिहरुलाई समेट्न नसकेको अध्यक्ष शर्माले गुनासो गर्नु भयो ।

नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले अपाङगता भएका व्यक्तिहरुलाई राज्यले उचित रेखदेरमा ध्यान पुराउनु पर्नेमा जोड दिनु भयो । २ डिसेम्बरमा (मंसिर १६ शनिबार) अपाङगता दिवस पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको सरोकारवाला निकायले एटुजेडलाई बताउनु भएको छ ।

Related posts