ताजा खबर

पोखरालाई प्रदुषण रहित शहर बनाउनु पर्छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल
पोखरा १५, मंसिर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई प्रदुषण रहित शहर बनाउनु पर्नेमा जोड दिनु भएको छ । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि. शुक्रबार पोखरामा सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।

पोखरालाई पर्यटनको राजधानी घोषणाको तयारी गरिएको बताउदै मुख्यमन्त्री पाण्डेले पोखरालाई प्रदुषण रहित शहर बनाउन यातायात व्यवसायीहरु नै लाग्नु पर्नेमा जोड दिनु भएको छ । निजि क्षेत्रले यातायात क्षेत्रमा गरेको लगानी सुरक्षित गर्न, सरकारको तर्फबाट व्यवशायीलाई निरन्तर आवश्यक सहयोग गर्ने वचन दिदै मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रमा अझै सिण्डिकेट भए त्यसलाई हटाउनु पर्नेमा जोड दिनु भयो । सार्बजनिक सवारी साधनमा सुरक्षित र मर्यादित यात्रा गराउन यातायात व्यवशायिको भुमिका जिम्मेवार हुने बताउदै उहाँले पोखरालाई अब बिद्युतीय सवारी साधनको प्रयोगलाई प्रथामिकता दिन आग्रह गर्नु भयो ।
पोखरालाई पर्यटनको राजधानिको रुपमा अघि बढाउदै गर्दा यस क्षेत्रका सडक संजाल यहाँका सवारी साधन सबै प्रविधिमैत्रि र पर्यटक तथा यात्रु मैत्रि बनाउनु पर्नेमा उहाँको भनाई थियो । संस्थामा आबद्ध साना ठुला तथा मिनी बार सहितको स्तरिय भिआईपि सुपर एसी बस, पर्यटक स्तरीय बस गरी १ हजार २ सय ५५ वटा रहेको प्रालिका अध्यक्ष योगेद्र केसीले एटुजेडलाई बताउनु भयो ।

१ हजार ३ सय २० मध्ये संचालनमा स्थगत भएका ७२ गाडी बाहेक हाल १ हजार २ सय ५५ वटा सार्वजनिक सवारी साधनहरु रहेको उहाँले जनाउनु भयो । लामो तथा छोटो दुरीका रुटहरुमा दैनिक ४ सय २३ रुटहरुमा दैनिक ४ सय ५० भन्दा बढी सवारी साधनहरु नियमति रुपमा सेवा संचालन भईरहेको प्रा.लि.ले दाबी गरेको छ । व्यवसायीहरुले बैज्ञानिक ढंगबाट भाडा समायोजन हुनु पर्ने माग राख्दै आउनु भएको छ । यसमा पेट्रोलिय पदार्थको मुल्यमा करिब १५ दिनमै घटबढ भएर आउने गर्दा समस्या हुने गरेको छ ।

Related posts