ताजा खबर

पोखरामा नेकोस खेलकुद महोत्सव सुरु, स्केटबोर्डको प्रतिष्प्रर्धा सुरु

डि.एन.बी.
पोखरा १३, असोज

नेकोस खेलकुद महोत्सव २०८० अन्र्तगत पोखरामा शनिबार देखि स्केटबोर्ड प्रतियोगिता सुरु भएको छ । नेकपा समाजबादी निकट नेपाल खेलकुद महासंघ समाजबादी (नेकोस) को आयोजनामा पोखरामा शनिबार देखि स्केटबोडको प्रतियोगिता सुरु भएको हो ।  

उक्त खेलकुद महोत्सवमा १० खेलहरु मध्यको अर्को योगखेल (योगस्पोट्र्स) भने आइतबार विहान पोखरा रंगशालामा हुने भएको महासंघका अध्यक्ष केशव कुमार विष्टले बताउनु भयो । पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा महिला पुरुष गरी सातै प्रदेशका १ सय १२ जना खेलाडीहरु सहभागि भएको उहाँले बताउनु भयो । शनिबार बिहान देखि स्केटबोर्डको प्रतिष्प्रर्धा सुरु भएको थियो भने योगखेलको उद्घाटनको अवसरमा डेमो प्रर्दशनी गरिएको नेकोस समाजबादी प्रदेश सचिव डा.डिलाराम लामिछानेले एटुजेडलाई  बताउनु भयो ।

प्रतियोगितामा स्केटबोड तर्फ ९ महिला सहित ५६ जना खेलाडीहरु सहभागि हुनु भएको छ भने योगखेलमा ५६ जना खेलाडीहरु सहभागि हुनु भएको नेकोसले जनाएको छ । स्केटबोर्डमा स्ट्रीट फ्रि र वेष्ट रन गरी दुई विधामा प्रतिष्प्रर्धा हुने भएको छ । यसमा सबै प्रदेशका खेलाडीहरु बिच प्रतिष्प्रर्धा हुने भएको छ । त्यसै गरी योगखेलमा भने ४ वटा उमेर समुहमा प्रतिष्प्रर्धा हुने भएको छ उत्कृष्टहरु मध्यबाट पुरुष तर्फ मिस्टरयोगी र महिला तर्फ मिसयोगीनी घोषणा गरिने भएको अध्यक्ष विष्टले जनाउनु भयो ।

आइतबारसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको शुभारम्भ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले पोखरा पर्यटन सहित अब खेलकुदको समेत केन्द्र भएको दाबी गर्नु भयो । पोखरामा हुने कुनै पनि राष्ट्रिय खेलहरुको प्रबद्र्धन गर्न महानगरले आवेदन दिन आव्हान गर्दा समेत निकै कम सङख्यामा माग आएको उहाँले बताउनु भयो । महासंघका अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सल्लाहकार खड्गबहदुर रानाभाट, नेकपा समाजबादीका युवा नेता पूर्ण बहादुर लामा लगायतले खेलकुदको बारेमा बोल्नु भएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत रहनु भएका अध्यक्ष विष्टले महोत्सव अन्तर्गत एक खेल हेटौंडामा बाँकी ७ खेल भने काठमाण्डौं र ललितपुरमा हुने भएको जानकारी दिनु भयो । यसैबिच, उक्त महोत्सव अन्र्तगत राष्ट्रिय खेल भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, वि–बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाक्ताक्रो, बुद्धिचाल, योगखेल र स्केटबोर्ड समेटिएको महासंघले एटुजेडलाई जनाएको छ ।

उक्त खेलकुद महोत्सव सम्पन्न गर्न करिव २ करोड खर्च लाग्ने भएको अध्यक्ष विष्टले बताउनु भयो । प्रतियोगितामा विजेतालाई ३ हजार, उपविजेतालाई २ हजार र तेश्रो हुनेलाई एक हजार नगद सहित पुरस्कारको व्यबस्था गरिएको विष्टले बताउनु भयो । उक्त महोत्सवको औपचारिक उद्घाटन भने यही असोज २० गते नेकपा समाजबादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुने भएको छ ।

Related posts