ताजा खबर

मातृशिशु अस्पतालमा दीप प्रज्वलन गरी बार्षिकोत्सव मनाईयो

पोखरा १३, असोज

पोखराको बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालले दिप प्रज्वलन गरी सातौं वार्षिकोत्सव मनाएको छ। शुक्रबार साँझ अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापा, सदस्य गुरूदत्त भट्टराई, शिवराज देवकोटा, पुर्व स्वास्थ्य चौकीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अग्निधर शर्मा, मेडिकल सुपरिटेन्डेन्ट धर्मदेव ढकाल लगायतले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो।

आमा र शिशुको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउदै आएको अस्पतालले सोहि अवसरमा स्थापना कालदेखि कार्यरत कर्मचारी ओम बहादुर थापा र अन्जना अधिकारीलाई सम्मान गरेको छ। उनिहरुलाई समितिका अध्यक्ष थापा र मेडिकल सुपरिटेन्डेन्ट ढकालले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गर्नुभयो।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष थापाले सिमित साधन र स्रोतका विचमा पनि अस्पतालले गुणस्तरीय सेवा उपलब्ध गराएको बताउनुभयो। मेडिकल सुपरिटेन्डेन्ट धर्मदेव ढकालले जनताको स्वास्थ्य सेवामा अस्पताल पुर्ण रुपले समर्पित रहेको बताउँदै, थप सेवा संचालनका लागी सवै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा ब्यवस्थापन समिति सदस्यहरू गुरूदत्त भट्टराई, शिवराज देवकोटा, भिमा पौडेल, नारायण कोईराला, गुमा परियार, पूर्व हेल्थपोष्ट अध्यक्षद्वय अग्निधर शर्मा तथा कृष्ण प्रसाद अधिकारी, समाजसेवी चित्र ब थापा लगायतले अस्पतालले पुर्याएको सेवा प्रवाहको प्रशंसा गरेका थिए।

दिप प्रज्वलनमा व्यवस्थापन समितिका सदस्य, अस्पतालका कर्मचारी लगायतकाको सहभागिता रहेको थियो। कास्की लगायत बिभिन्न जिल्लाका नागरिकलाई सर्व सुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउदै आएको अस्पताल सुत्केरी सेवामा त्यस क्षेत्रमै अब्बल रहेको बताइएको छ। कार्यक्रमको सन्चालन कर्मचारी ओम बहादुर थापाले गर्नुभएको थियो ।

 

Related posts