ताजा खबर

पोखरामा पनि विश्व मुटु दिवस मनाइयो

पोखरा, १२ असोज

सेप्टेम्बर २९ तारिक अर्थात विश्व मुटु दिवस । यस अवसरमा पोखरा, नेपाल सहित विश्वमै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । यसैबिच यस अवसरमा पोखरामा पनि स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाईगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाईको टाइगर गु्रपका अध्यक्ष नारायण शर्माले बताए ।
पोखराको हल्लन चोक देखि सुरु भएको प्रभातफेरी फिस्टेल गेटसम्म पुगेको थियो । प्रभातफेरिमा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वस्थ मुटु नेपालका अध्यक्ष तथा मनमोहन कार्डियो भास्कुलर सेन्टर, टिचिङ हस्पिटल (त्रि.बि.) काठमाडौमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुर्य देवकोटाले आनपान र शारीरिक व्याम गर्नु पर्नेमा सुझाव दिनु भयो । खानेकुरामा ध्यान दिनु नै मुटु स्वच्छ राख्ने उपाएको भएको दाबी गर्दै उहाँले मुटुरोग, यसबाट बच्ने उपाए, मुटु स्वच्छ बनाउन दैनिक जिवनका गर्न काम बारेमा चर्चा गर्नु भयो ।

गण्डकी प्रदेशका संसाद प्रकाश बरालले हरेक दिवसको महत्व हुने बताउदै मुटु जस्तो संवेदनशिल अंक स्वस्थ्य राख्न चिकित्सकले भने झै खानपिनमा बिषेश ध्यान दिनुपर्नेमा जोड दिनु भयो । चरक अस्पतालका निर्देशक कपिल पोख्रेलले मुटुलाई स्वच्छ राख्न खानेकुरामा ध्यान दिन आग्रह गर्नु भयो ।

Related posts