ताजा खबर

पृथ्बी होटलको अध्यक्षमा अमृत

पोखरा ७, असोज

पृथ्वी होटल व्यवसायी समिति पोखराको अध्यक्षमा अम्विका घिमिरे (अमृत) चयन हुनुभएको छ । समितिको हालै पोखरामा सम्पन्न एघारौं साधारणसभा तथा छैटौं अधिवेशनले घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यसै गरी समितिको बरिष्ठ उपाध्यक्षमा मोतीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राजु सुनार, महासचिवमा ईन्दुदेवी श्रेष्ठ, सचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा रमेश लामिछाने तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल चयन हुनु भयो ।

त्यस्तै, समितिको सदस्यहरुमा डोलराज डुम्रे, विदुर ढुंगाना, प्रदीप पौडेल, रेशम खत्री, मित्रलाल ढकाल, गोविन्द मजरकट्टेल, अनुप पाण्डे, नारायण अधिकारी, शोभाकान्त शर्मा र कञ्चन बराल शर्मा रहनुभएको छ ।

पृथ्वी होटल व्यवसायी एशोसिएसन पोखराको पृथ्वीचोक क्षेत्रमा होटल व्यवसाय सञ्चाल गर्ने व्यवसायीहरुको छाता संस्था हो । एशोसिएसनमा करिब २०० व्यवसायी आवद्ध रहेको निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले बताउनु भयो ।

 

Related posts