
दीननाथ बराल
पोखरा ६, असोज
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले २२ वटा विमानस्थललाई व्यवसायीक रुपमा संचालनको लागि सरकारले ३ वटा साना जहाज खरिद गर्ने प्रकृयामा रहेको बताउनु भएको छ ।
पोखरा पर्यटन परिषदको संयोजनमा पोखराका पर्यटन व्यवसायीहरुसंगको शनिबार पोखरामा भएको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री किराँतीले सरकारले निर्माण गरेका २२ वटा विमानस्थलहरु हल प्रयोग विहिन भएकोले त्यसको उच्चतम प्रयोग गर्दै दुर्गम क्षेत्रका जनताको लागि पहिलो चरणमा सानो प्रकृतिको ३ जहाज खरिद गर्ने प्रकृयामा सरकार रहेको बताउनु भएको हो ।
ट्रक रुटको बुद्धको जस्ता जहाज ४ वटा सुरुमा अन्तरािष्ट्रय क्षेत्रमा उडान भर्न मिल्ने न्यारोवडि प्रकृतिको थप ४ वटा जहाज खरिद गर्ने सरकार तयारीमा रहेको मन्त्री किराँतीले बताउनु भयो । कनेक्सन फ्लाईट गर्ने दुबईबाट आएको जहाजले सिधै पोखरा आउने वातावरण मिलाउने उहाँले बताउनु भयो । एक रात पोखरामा बसेर सम्भव भए सोही दिन अन्यथा भोलिपल्ट मुस्ताङको जोमसोमसम्म लाने वातावरण समेत मिलाउने मन्त्री किराँतीले उल्लेख गर्नु भयो । जहाज खरिद गर्ने बिषयमा निकै चुनौती रहेको उल्लेख गर्दै मन्त्री किराँतीले जनता र राष्ट्रिय हितको लागी जस्तो सुकै सामना गर्न आफु तयार रहेको दाबी गर्दै जेल जान समेत आफु तयार रहेको जनाउनु भयो ।
उहाँले भन्नु भयो “समुद्रले नछोएको हाम्रो जस्तो मुलुकको लागि जहाज निकै महत्वपूर्ण हुँदो रैछ तर यहाँ जहाज खरिद गर्न दिदैनरैछ, पैसा पनि छ, किन्न पनि दीदैन भन्छन राष्ट्रिय आवश्यकता हो, पन्चबर्षीय पन्ध्रौं राष्ट्रिय योजनामा पनि जहाज आवश्यक हो भनिएको छ, किन्न खोज्दै छौं, मुद्धा लागिहाल्छ । ”
अब सरकारले तीन मुख्य कामलाई पहिलो प्रथामिकता दिने उहाँले बताउनु भयो । मन्त्री किराँतीले ७ महिनामा गरेका काम तथा योजनाको अवलोकन तथा पुनः अनुगमन गर्ने दोश्रो मध्यमस्तरको परिणममा जाने जसमा नेपालमा जहाज थप गरी कालो सूचिमा परेको नेपाललाई त्यसबाट हटाउन पहल गर्ने र पशुपतिनाथ मन्दिर क्षेत्रमा निःशुल्क शवदाह गर्ने बिषयमा सरकार लागि परेको बताउनु भयो । टिचिङ हस्पिटलमा खातका खात शवहरु रहेको उहाँले उल्लेख गर्नु भयो । आजै मात्र सम्झौताको लागि टेण्डर प्रकृया अघि बढेको उहाँले बताउनु भयो । मध्यमस्तरको नतिजा निकाल्दै नीति निर्माणमा लाग्ने बताउदै मन्त्री किराँतीले पर्यटन ऐन बनाउन लागि परेको उल्लेख गर्नु भयो । मन्त्री किराँतीले आफु भन्दा पुरानो पर्यटन ऐनले अहिलेको पर्यटन क्षेत्रको विकास र उन्नती गर्न नसक्ने दाबी गर्नु भयो ।
जनता र देशको हितमा काम गर्दा कर्मचारीहरु भन्दा आफै पहिला जेल जान पनि तयार रहने गरी ऐन कानून बनाउन निर्देशन दिनु भएका मन्त्री किराँतीले नयाँ मनत्री आए पनि अहिलेको भन्दा राम्रो गर्छन भन्ने कुुनै ग्यारेन्टी नभएको दाबी गर्नु भयो ।
संसारमै रंगी विरङगी संस्कृति भएको मुलुक नेपालमै संस्कृतिको ऐन नभएको उहाँले गुनासो गर्नु भयो । संस्कृतिको नीति निर्माण पछि प्रज्ञा प्रतिष्ठानको कुलपतिको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको त्यो नीतिका आधारमा संस्कृति ऐन बनाउने मन्त्री किराँतीले बताउनु भयो । पर्यटनको क्षेत्रमा बढी भन्दा बढी जनशक्ति उत्पादन गर्न सरकार लाग्ने उहाँको भनाई थियो । पर्यटन विश्व विद्यालय स्थापना गर्न समेत मस्यौदा सििमत गठन गरेको मन्त्री किराँतीले बताउनु भयो । सचिवको नेतृत्वमा ऐन ड्राफ बनाउन लागेको उहाँको भनाई थियो ।
परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले समसामयिक बिषयका समस्या राख्दै पोखरामा अन्तराष्ट्रिय हवार्य उडान गर्न, बैंक तथा विक्तिय क्षेत्रबाट व्यावसायीहरुलाई परेको मर्कालाई मध्यनजर गरी एक अंकमा व्याज दर कायम गर्न पहल गर्न, पोखरा आउने सडक मार्गको उचित व्यबस्थापन गर्न लगायतका माग गर्नु भएको थियो ।