
डि.एन.बी.
पोखरा ६, असोज
स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) लाई श्रीहेम देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण गरिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार पोखरामा एक समारोहका बिच उक्त पुरस्कार श्रीमुक्तिनाथबाबालाई अर्पण गर्यो ।
उक्त पुरस्कारको राषि १ लाख १ हजार रहेको छ । श्रीमुक्तिनाथबाबालाई उक्त पुरस्कार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले अर्पण गरे ।
उक्त पुरस्कारको १५ लाख अक्षयकोष रहेकोले हरेक बर्ष सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको एक जनालाई सम्मान गरिदै आएको सचिव तिर्थ श्रेष्ठले एटुजेडलाई बताए । समितिले ज्येष्ठ नागरिक सेवा,एम्बुलेन्स सेवा, प्राकृतिक चिकित्सालय लगायतको सेवा संचालन गर्दै आएको अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।
शनिबार मन्त्री किराँती सहितको टोलीले मन्दिर सफाई अभियानमा सहभागि भएको उनले जनाए । तष्विर रवि दाहाल