ताजा खबर

चार दीन मै साँढे दुई करोड खर्च गर्ने पर्यटक पोखरामा

पोखरा २५, भदौं

कोरोना पछि हाल आर्थिक मन्दीले प्रभावित भएको विश्व परिवेसकै अबस्थामा पनि दैनिक एक लाख ५० हजार भन्दा बढी खर्च गर्ने पर्यटक पोखरा आएका छन् । नेपालको परिवेसमा सायद सुन्दा अच्चम्म लाग्न सक्छ तर विदेशी पर्यटकहरुको हकमा एक दीनमा डेढ देखि दुई लाख रुपैयासम्म खर्च गर्न सक्ने पर्यटक पोखरा तथा नेपालमा आउने गरेका छन्।

 नेपालको पर्यटन क्षेत्रमा ३ दशक भन्दा बढी लामो समय काम गर्नु भएका हेमन्तराज कक्षपति र डम्मर प्रधानको नेतृत्वले यस्ता खर्चिला पर्यटकको एक टोली पछिल्लो समयमा नेपाल भित्राउनु भएको हो । अमेरीकन ४१ जना पर्यटकहरुको टोलीको नेतृत्व गर्नु भएको कक्षपति र प्रधानले पोखरामा केही सहासिक खेलगतिविधिमा पर्यटकहरुलाई सहभागि गराउदै शनिबार पोखराबाट भुटान प्रस्थान गर्नु भएको छ ।

यतिज होरिडेज नामक संस्थामा नेपालको गुणस्तरिय पर्यटक भित्राउने अभियानमा आफुहरु झण्डै एक दशक देखि लाग्दै आएको उहाँहरुको भनाई रहेको छ । चारदिन भ्रमणको लागि नेपाल आएको उक्त टोलीले काठमाण्डौं देखि कुरीनटारमा र्याफ्टीङ गर्दैै पोखरामा सहासिक खेल प्याराग्लाईडिङ, जिप लाइन गर्नु भएको थियो । टोलीले हेलिकोप्टर मार्फत माउण्टेन फ्लाइट मात्र गरेनन सगरमाथा आधार शिविर जाने बाटोमा पर्ने स्याङवोचे नजिकको पौदेमा हेलिकोप्टर मार्फत ब्रेक फाष्ट समेत गराएको थियो । टोलीले भक्तपुरमा एक रात गाईजात्राको रौनक समेत अवलोकन गर्ने अवसर प्राप्त गरेको कक्षपति बताउनु भयो । त्यसै गरी टोलीले लाजिमटार देखि कुरीनटारसम्मको करिब साँढे दुई घण्टाको र्याफ्टीङ समेत गरेको थियो । र्याफ्टीङ गर्न जादा समेत ७ वटा हेलिकोप्टर प्रयोग गरिएको उहँले बताउनु भयो । टोलीले प्रतिकुल मौसमका कारण पोखरामा अल्ट्रालाइट र मौसम समेत शनिबार राम्रोसंग खुल्न नसक्दा हिमश्रृखलाको अवलोकन गर्न पाउनु भएन्।

पोखरामा गुणस्तरिय खर्चीला पर्यटक ल्याउने बताउदै कोलाक्षपतीले आफुहरुले बार्षिक रुपमा अमेरीका तथा यूरोप एवं एसियन मुलुकका अति नै खर्च गर्न सक्ने पर्यटकहरुको समुहलाई चार्टर्ड मार्फत नेपाल ल्याउने गरेको बताउनु भयो । पोखरा सहित ४ दिनको बसाई पश्चात भुटानको डुक एयरबाट भुटान प्रस्थान गरेको उक्त टोलीले नेपालमा ४ दीनको बसाईमा चार्टर्ड बाहेक मात्र करिब २ करोड ५० लाख खर्च गरेको कक्षपति दाबी गर्नु भयो । आफुहरुसंग निकै गुणस्तरिय पर्यटकहरु नेपालका नयाँ र पर्यटकीय गन्तव्यमा आउन चाहेको उहाँले बताउनु भयो । उक्त टोलीलाई शनिबार पोखरामा पोखरा पर्यटन परिषदको अगुवाईमा बिदाई समेत गरिएको थियो ।

गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पोखराका मेयर धनराज आचार्य, परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, मन्त्रालयका सचिव कुलमान गुरुङले टोलीलाई बिदाई गरेको परिषदका महासचिव संजयकान्त सिग्देलले बताउनु भयो ।

 

Related posts