ताजा खबर

९४ मत अन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ विजयी

पोखरा २४, भदौं

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन्। संघको आइतबार बेलुका सम्पन्न भएको मतगणनामा श्रेष्ठले आफ्ना पिटकटतम प्रतिद्धोन्दी भरतकुमार अधिकारीलाई ९४ मतको अन्तरले पछि पार्दै दुई बर्षीय कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन्।

श्रेष्ठले ८ सय ८१ म्त ल्याउदा अधिकारीले भने ७ सय ८७ मत ल्याएको निर्वाचन समितिले एटुजेडलाई जनाएको छ ।
त्यसै गरी बरिष्ठ उपाध्यक्षमा राजेन्दै ओझा बिजयी भएका छन् । ओझाले ९ सय ७० मत ल्याउदा उनका प्रतिष्प्रर्धी ऋषिराम जमरकट्टेलले ६ सय ९० मत ल्याएका छन् ।

aagolagi news 21

प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी (राजु)ले ८ सय ९६ मत ल्याउदै विजयी भए भने उनका प्रतिद्धोन्दी गोपिचन्द्र बास्तोलाले भने ७ सय ७४ मत ल्याए । संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन । महासचिव पदमा संघको ईतिहासमै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी जानुका अधिकारी पराजुलीले यस पटक पनि पुनः बाजी मारेकी छिन । १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई उनले पछि पारेकी छिन । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए ।

यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की ९काईंला० लाई १ सय ६० मतको फराकीलो अन्तरले पछि पारेका छन । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याएका थिए । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई ९आई।डि।० ले ८ सय ३७ मत ल्याउँदै उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीलाई जम्मा २० मतको अन्तरले पराजित गरेका छन । भण्डारीले ८ सय १७ मत प्राप्त गरेका थिए ।

Related posts