ताजा खबर

फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो उपाधी

भदौ २४ ,पोखरा

पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी बिद्यालयस्तरिय पहिलो ५र५ मर्दिखोला छात्र छात्रा बास्केटबल प्रतियोगितामा फिष्टेल एकेडेमीले दोहोरो उपाधी जित्न सफल भएको छ । फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधी जित्न सफल भएको हो।

सो प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङले द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए।

त्यसैगरी छात्रतर्फ दोश्रो गण्डकी बोर्डिङ र तेस्रो स्थान मनकामना बोर्डिङले हासिल गर्न सफल भए।पोखरा स्थित मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशःरू बीस हजार, दस हजार र छ हजार सहित ट्रफी र मेडल प्राप्त गरे। मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।

Related posts