ताजा खबर

डेङ्गे र सापु सम्बन्धी आवश्यक तयारी अपनाउन निर्देशन

पोखरा २३, भदौं

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गण्डकी प्रदेशमा डेङ्गु र सापु फैलन सक्ने खतरालाई मध्यनजर राख्दै आवश्यक सावधानी अपनाउन निर्देशन दिएकी छन् । सकेसम्म सवैलाई रोगबाट बचाउनुपर्ने, रोग लागिहालेमा सरल र प्रभावकारी तरिकाबाट उपचार दिनुपर्ने उनले बताइन ।

गाउँमा भन्दा सहरी क्षेत्रमा सङ्क्रमण छिटो फैलने भएकोले सोही अनुसार योजना बनाएर अघि बढ्न मन्त्री सिंखडाले निर्देशन दिइन् ।सेतोमा कालो धर्सा भएको पुतलीको झुस आँखामा परेमा सापु हुने गर्छ । सापु भएको ४८ घण्टामा उपचार नपाएमा आँखाको ज्योति समेत गुम्ने खतरा हुने हिमालयन आँखा अस्पतालका डाक्टर हरिमाया गुरुङले जानकारी दिइन । सापुले सुरुमा आँखा रातो हुने पोल्ने हुने बिस्तारै नानीमा पिप जमेर ज्योति गुम्ने खतरा हुने हुन्छ । गुरुङले प्रत्येक एक वर्ष बिराएर सापु नेपालमा देखिने र यो वर्षमा पनि केही ठाउँमा देखिन सुरु भएको अबको केही हप्तामा सापु धेरै देखिने सम्भावना रहेको जानकारी दिइन ।

सापु सबैभन्दा पहिला सन १९७५ कास्की जिल्लामा देखिएको थियो । त्यसपछि कास्की र कास्की वरिपरिका जिल्लामा फैलिँदै गएको छ । २०७८ सालमा १ सय ३५ जनामा सापुको सङ्क्रमण भएको गुरुङले जानकारी दिइन । यो बालबालिकामा धेरै देखिने गर्छ । यसबाट बाच्नको लागी घरको झा¥याल ढोकामा जाली राख्ने, झुल भित्र सुत्ने, घर तथा कोठाको लाइट मधुरो बनाउने, सेतो पुतली नछुने लगायतका सावधानी अपनाउनुपर्ने उनले बताइन । डेङ्गु लामखुट्टे सङ्क्रमणबाट सर्ने रोग हो । सङ्क्रमण रोग तथा सरुवा रोग अस्पतालमा डाक्टर संदिप ओझाले डेङ्गुको भाइरसबाट सङ्क्रमित पोथीले यो रोग सर्ने जानकारी दिए । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । गत वर्षमा गण्डकी प्रदेशमा ५४ हजार भन्दा बढी डेङ्गु सङ्क्रमण देखिएको थियो । ८८ जनाको मृत्यु भएको थियो ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानीजस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको ओझा बताउँछन् । डेङ्गु एसिड एजिप्टाइ र एसिड एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइरल सङ्क्रमण हो । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

प्रायजसो बालबालिकामा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षणहरू देखिने गर्दछन् ।
त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बिन्दु शर्माले अब डेङ्गुको चाप बढ्दै जाने सम्भावना रहेको बताए । केही हप्तामा सापु देखिने बताए ।

Related posts