ताजा खबर

पोखराको एक टोली बंगाल ट्राभल मार्टमा सहभागि हुन भारतको सिलगुडीमा

पोखरा २३, भदौं

पोखराको एक टोली बंगाल ट्राभल मार्टमा सहभागिताको लागि भारतको सिलगुडी प्रस्थान गरेको छ । शनिबार बेलुकाबाट सुरु हुने उक्त कार्यक्रममा सहभागिता हुन पोखराको टोली बिहानै पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट भारत तर्फ प्रस्थान गरेको हो ।

यसैबिच, उक्त टोलीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खादा लगाई यात्रा सहित कार्यक्रमः सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले तीन दीन चल्ने उक्त मार्टमा पोखराबाट १५ सदस्य एक टोली सहभागि हुने भएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनु भयो । (नाट्टा) गण्डकीको समन्वय र पोखरा महानगरपालिकाको सहकार्यमा हुने उक्त मार्टमा पोखराको टोली सहभागि भई पोखराको प्रमोसनल क्याम्पेन तथा बिज्नेस टु बिज्नेस (बिटुबी) कार्यक्रममा सहभागि हुने भएको उहाँले बताउनु भयो ।

भारतका विभिन्न शहरहरु, बंगलादेश र भुटानका पाँच सय भन्दा बढी टुर अपरेटरको सहभागिता र एक हजार भन्दा बढी भिजिटरको आगमन रहने उक्त कार्यक्रममा पोखराको टोली सहभागि हुदा त्यसले यस क्षेत्रको प्रमोशन तथा प्रबद्र्धन गर्न थप मद्धत पुग्ने उहँँले विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष अधिकारीले भन्नु भयो “भारतीय बजारमा पनि बोर्डर सिटी प्रमोसनल अभियान अन्त्यन्त महत्वपूर्ण अभियानको रूपमा हामीले लिएका छौ, पोखरा सम्बन्धि अन्य प्रवर्द्धनात्मक सामाग्री प्रदर्शन र वितरण समेत गर्ने छौं ।” पोखराको कला र संस्कृति झल्कने गरी सजाइने उक्त स्टलमा पोखराको वृत्तचित्र निरन्तर प्रदर्शन गरिने भएको महासचिव संगीता पौडेलले बताउनु भयो ।

पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रर्बद्धन गर्न उक्त कार्यक्रमलाई पोखरा महानगरले १० लाख रुपैया उपलब्ध गराएको पोखरा महानगरका प्रवक्ता मोतीराम तिम्सिनाले बताउनु भयो । पोखराको आर्थिक विकासको समृद्धि पर्यटनबाटै हुने हुँदा यस क्षेत्रलाई प्रबद्र्धन गर्न आवश्यक भएको उहाँको भनाई थियो । उक्त मार्टमा भारत सहित भुटान, बंगलादेशका पर्यटन संम्बद्ध व्यक्तिहरुको भेटघाटले पोखरा सहित समग्र नेपालको पर्यटन प्रबद्र्धनमा थप सहयोग पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको र पोखरामा हवाई र स्थलमार्गबाट पुग्न सकिने सहज वातावरण भएको तथा पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त भएको विषय पनि आगन्तुकहरुलाई अवगत गराइने उहाँले बताउनु भयो ।

संस्थाले विगतदेखि नै अन्तर्राष्ट्रियस्तरमा प्रमोसनल अभियान तथा विभिन्न प्रकारका सेल्स मिसनहरु आयोजना गर्दै आएको महासचिव पौडेलले बताउनु भयो । पोखरा र नेपालको लागि पर्यटकको स्रोत बजार भनेको भारतीय बजार नै भएको दाबी गर्दै उहाँले नेपालको राजनीतिक घटनाक्रम र विभिन्न प्राकृतिक प्रकोपले अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताइरहेको दाबी गर्नु भयो ।

 

Related posts