ताजा खबर

पोखरामा निःशुल्क मुटु परिक्षण

पोखरा २१, भदौं

पोखरामा एक दिने निःशुल्क मुटु परिक्षण गरिएको छ । जयन्ती स्मृति प्रतिष्ठान र फिस्टेल लजको सयुक्त आयोजना तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा संचालित निःशुल्क मुटु परीक्षण शनिबार पोखरामा सम्पन्न भएको हो ।

शनिबार पोखरा ६ को कोमागाने पार्कमा भएको उक्त शिविरमा मुटुसम्बन्धी ईको, ईसीजी र सुगर परीक्षण गरिएको मेमोरियल ट्रस्ट पोखरा संयोजक सबिता मैनालीले बताउनु भयो ।

बिहान देखि सुरु भएको शिविर बेलुका ५ः०० बजेसम्म चलेको फिस्टेल लजका एसिस्टेन जिएम अनिल श्रेष्ठले बताउनु भयो । शिविरमा ३७५ जना सहभागि भएको नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले एटुजेडलाई बताउनु भयो । शिविरमा पोखरा ६ सहितका पोखरा क्षेत्रका युवा देखि बृद्धबृद्धाको सहभागिता रहेको उहाँले बताउनु भयो ।

Related posts