ताजा खबर

पोखरामा शनिबार भुटानको ड्रुक एयर आउने

पोखरा २१, भदौं

पोखरामा भोलि (शनिबार) भुटानको ड्रुक एयरले भुटानबाट सिधा हवाई उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ) का दिन पारोबाट पोखरा उडान गर्न अनुमति प्राप्त गरेसंगै शनिबार बिहान पर्यटक सहित भुटानको डुक एयर पोखरा आउने भएको हो ।

डुकको न्यारोबडी जहाजले उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भुटानको अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएसंगै भोलि पोखरा आउने र पोखराबाट भुटान जाने पर्यटकहरुलाई विमानस्थलमा स्वागत तथा बिधाई कार्यक्रम रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको अबस्थामा चाट्डै भए पनि यसले निरन्तरता पाएकोले सकरात्मक सन्देस दिएको अध्यक्ष श्रेष्ठले बताए । उहाँले भन्नु भयो “पोखरामा ड्रुक एयर आउने सुखदः विषय हो, यसले आगामी दिनमा थप जहाजहरू आउने बाटो खुल्ने छ, जसरी चिनले यसको सुरुवात गर्यो अब भुटानसंगै अन्य देशबाट पनि यस्तो अभियान आवश्यक छ ।’ यसअघि चीनको छेन्दुकबाट आएको सिचुआन एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ड्रागन बोर्ट प्रतियोगितामा सहभागि खेलाडी तथा अफिसियल सहितको टोली चार्टर मार्फत पोखरामा पहिलो अन्तराष्ट्रिय उडान भए पछि हाल भुटानबाट दोश्रो पटक पनि चाटर्ड हवाई उडान नै हुने भएको हो ।

चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको प्राधिकरणले जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यावसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ । करिब २३ अर्ब ऋण लगानी भएको विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान गर्न नसके पोखरेली र नेपाललाई नै यसले आर्थिक रुपमा ठुलो असर पार्ने पोखरेलीहरुले गुनासो गर्दै आउनु भएको छ ।

 

Related posts