ताजा खबर

चिल्डे«न नेपालको तिज शुभकामना तथा तिज गीत प्रतियोगिता सम्पन्न ः

भदौ २२ पोखरा ।

हरितालिका तिज तथा राष्ट्रिय बाल दिवसको अबसरमा चिल्डे«न नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । आउदै गरेको हरितालिका तिज तथा हरेक वर्ष भाद्र २९ गते मनाइने राष्ट्रिय बाल दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो । चिल्ड्रेन नेपाल संग सहकार्य गर्दै आएका विभिन्न ७ वटा विद्यालयमा अध्ययन्रत छात्राहरु सहभागी प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालयको सृजनशील बाल स्वावलम्वन समुह प्रथम , श्री कृष्ण मा. वि बाल क्लब दितिय र परिवर्तनशील बाल स्वावलम्वन समुह कालिका मा.वि तृतिय भएका छन ।

अभिभावकको नित्य प्रतियोगितामा सरस्वती सुनार प्रथम , कोपिला नेपाली दितिय र सपना घताने तृतिय भए । विजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि पोखारा महानगरपालिका वडा नंं.७ का वडा अध्यक्ष राम मोहन आचार्यले आफुले सहयोग गर्दै आएका विधार्थी तथा तिनको परिवार सगैं तिज मनाएर चिल्ड्रेन नेपालले उदारणीय कार्य गरेको बताउनुभयो । उहाँले आफ्नै वडामा रहेको यस संस्थासंग सहकार्य गरेर काम गर्न सधै तयार रहेको बताउनु भयो । श्री कृष्ण मा. विका विधालय व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द्र बरालले विधार्थीहरुलाई अहिलेको अवस्थामा देश र समाज प्रति उत्तरदायी बनाउन शिक्षक, अभिभावक र सम्बन्धित सबै संस्था लाग्नु पर्ने बताउनुभयो । श्री कृष्ण माविका प्रधानाध्यापक टिकाराम लामिछानेले विद्यालय र चिल्ड्रेन नेपाल विचको सम्बन्ध विगत देखि नै प्रगाढ रहेको बताउदै विपन्न परिबारका बालबालिकाको मात्र नभएर अभिभावकको पनि सारर्थी बन्न सकेकोमा खुसी व्यक्त गर्दै थप शुभकामना दिनुभयो ।

रेडियो सफलताका स्टेशन प्रमुख मधु अधिकारीले बालबालिकाको क्षेत्रमा सामाजिक कार्य गर्दै आएको चिल्डे«न नेपालले संस्कृती संरक्षणमा टेवा पुग्ने कार्यक्रम आयोजना गरेकोमा शुभकामना दिनुभयो । कार्यक्रममा डब्लु.एफ.टि.ओका अडिटर उत्तम कुवर, विधार्थीको तर्फबाट नेहा परियार , अभिभावक तर्फबाट बसन्ती परियार लगाएतले शुभकामना राख्नुभयो ।

चिल्डे«न नेपालका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सस्थाका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा , धन्यवादज्ञापन कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा र संचालन सह संयोजक रमेश सुवेदीले गर्नुभयो । चिल्ड्रेन नेपालले विगत २७ वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । प्रत्येक वर्ष यस्ले ५०० बालबालिकाको शिक्षा तथा तिनीहरुको परिवारको सशक्तिकरण र जिविकोपार्जनमा टेवा दिने कार्य गर्दै आएको छ ।

Related posts