ताजा खबर

पोखरामा आगलागी, ठुलो क्षती हुनबाट बचाउन सफल

डि.एन.बी.
पोखरा २१, भदौ

पोखरा विज्नेस कम्प्लेक्स भित्रको एक गोदाममा आगलागी भएको छ । विहिबार उक्त गोदाममा आगलागी हुँदा समयमै आगोलाई नियन्त्रणमा लिन सफल हुदा पोखरामा ठुलो क्षति हुनबाट बचेको स्थानीय जयन्द्र गौचनले बताउनु भयो ।

रातीको समयमा उक्त गोदाममा आगलागी भएको भए कम्प्लेक्स सहित पोखरामा ठुलो जनधनको क्षेति हुन सक्ने उहाँले दाबी गर्नु भयो । उक्त कम्प्लेक्समा सटर सहित दुई तलासम्म ५० वटा भन्दा बढी पसलहरु रहेका छन भने आगलागी भएको उक्त गोदाम देखि एक पेट्रोल पम्प करिब ७० मिटर नजिक रहेको छ ।

पोखरा विज्नेस कम्प्लेक्सको सारस ईलेक्ट्रोनिस पसलको गोदाममा विहिबार दीउँसो करिब ४ः४५ बजे आगलागी हुदाँ गोदाममा रहेका इलेक्ट्रिक सामानहरु जलेर केही सामान नष्ट हुँदा करिब १५ लाख मुल्य बराबरको क्षती भएको पसल संचालक शुर्दशन पौडेलले बताए । उनका अनुसार दुई वटा कोठाको गोदाममा सामानहरु रहेको थियो । उक्त गोदाममा फ्रिज, वासिङ मेसिन, एली डि टिभि, राइस कुकर सहितका ईलेक्ट्रोनिसका सामान रहेको संचालक पौडेलले बताए ।

उक्त पसलको गोदाममा एकाएक धुवा निस्केपछि स्थानीयले प्रहरीलाई खबर गरे पश्चात प्रहरी टोली घटनास्थलमा पुगेको थियो । स्थानिय र प्रहरीको सहायताबाट करिब १५ मिनेटमै आगो नियन्त्रणमा लिन सफल भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी वेद प्रसाद जोशीले बताए । विद्युत सट् भई आगलागी भएको हुन सक्ने उहाँले बताउनु भयो । उक्त घटनाको बारेमा थप अनुसान्धान भई रहेको डिएसपी जोशीले जनाए । दिउँसो उक्त घटना भएकोले समयमै आगोलाई नियन्त्रणमा लिन सफल हँुदा उक्त पसल बाहेक अन्य पसल र मानवीय क्षती हुनबाट बचाउन सफल भएको प्रहरीले जनाएको छ ।

Related posts