ताजा खबर

हिमालय आँखा अस्पताललाई ११ थान बेन्च सहयोग

पोखरा २१, भदौं

गोरखा मिलन समाज पोखराले आफ्नो स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा पोखरा घारी पाटनमा रहेको हिमालय आँखा अस्पतालमा बिरामीहरूको लागि बस्ने बेन्च तथा फलफूल वितरण गरेको छ । बुधवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले अस्पताललाई समाजको तर्फबाट प्रदान गरिएको बेन्च हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै सभामुख धितालले गोरखाबाट पोखरा आई बसोबास गर्नेहरूलाई एकीकृत बनाई मिलन समाजको रूपमा विकसित गराएकोमा संस्थापकहरूलाई धन्यवाद दिनुभयो । उहाँले यस समाजले विगतका दिन देखी नै सामाजिक भावका साथ विभिन्न कार्यक्रम गरेको स्मरण गर्दै गोरखालीहरूको दुःख सुखको साथीको रूपमा रहेको बताउनुभयो । आँखा अस्पतालमा बिरामीहरूको लागि बस्ने बेन्च वितरणले दीर्घकालीन महत्त्व बोक्ने बताउँदै हामीले गर्ने क्रियाकलापहरू स्मरणयोग्य हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले समाजको लागि मन्त्रालयको तर्फबाट हुने साथ सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सांसद फणीन्द्र देवकोटाले समाजले गरेका गतिविधिहरूमा सहभागी हुने र समाजको हितमा लाग्न सबैलाई प्रेरित गर्नुभयो । उहाँले गोरखाबाट पोखरा बसोबास गर्ने सबैले यस संस्थामा जोडिँदै हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा हिमालय आँखा अस्पतालकी निर्देशक प्रा। डा। इलिया श्रेष्ठले गोरखा मिलन समाजले अस्पताललाई दिएको सहयोगले थप हौसला मिलेको बताउँदै धन्यवाद दिनुभएको थियो ।

नेत्र ज्योति संघ कास्कीका सभापति वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले गोरखा मिलन समाजले गरेको सहयोगप्रति विशेष धन्यवाद दिँदै गोरखा मिलन समाजका सदस्यहरूको लागी अस्पतालले छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाको हिसाबले गोरखा मिलन समाजले दिएको सहयोग पहिलो भएकाले यसलाई अस्पतालले सधैँ स्मरण गर्ने उहाँको भनाई थियो । नेत्र ज्योति संघ गण्डकी प्रदेशका सभापति प्रा। डा। दिलबहादुर क्षेत्रीले गोरखा मिलन समाजले आगामी वर्ष आफ्नै भवनमा कार्यक्रम गर्न सकोस् त्यसको लागि सामाजिक विकास मन्त्रीले सहयोग गर्नुपर्ने कुरा ईकिंत गर्नुभयो । उहाँले नेपालको इतिहासमा गोरखाको नाम पहिलो नम्बरमा आउने र आज सहयोगको हिसाबले पनि गोरखा मिलन समाज पहिलो नै भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सुरक्षा निकायतर्फ बढुवा हुनुहुने मनोज पाण्डे, हरिमाया पाण्डे, वासु थापालाई सम्मान समेत गरिएको थियो । अस्पताललाई सहयोग गरिएको बेन्च तथा फलफूलमा समाजको तर्फबाट कोपिला श्रेष्ठले स्व। गिर ब श्रेष्ठ ज्युको स्मृतिमा ३ थान, स्व। माता, पिता९मिश्री देवी, एक ब। थापा० को स्मृतिमा शोभाकर थापा कोपिला द्वारा १ थान, स्व। हजुरबा,हजुरआमा बम बहादुर , टंक कुमारी भण्डारी को सम्झनामा दीपक , देवी भण्डारी द्वारा १ थान, ठाकुर गिरि,राजु गिरी द्वारा १ थान, स्व। माता केतुमाया गैरे र भाइ राजु गैरेको स्मृतिमा अर्जुन, कोपिला गैरे द्वारा १ थान, ऋषि , रेणुका गिरी द्वारा गिरि मेटल वर्कसपको नाममा १ थान, उमेशचन्द्र, निरु देवकोटा द्वारा ध्रुबतारा मेडिलिङ्क प्रा लि को नाममा १ थान, प्रहरी निरीक्षक मनोज पाण्डे, हरिमाया थापा पाण्डे द्वारा १ थान र काशीराम, अमृता गिरि द्वारा १ थान गरी ११ थान बेन्च अस्पताललाई हस्तान्तरण गरिएको छ । बेन्च हस्तान्तरण कार्यक्रमका संयोजक दीपक भण्डारीले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रम समाजका महासचिव सन्तबहादुर लामिछानेको सञ्चालन, उपाध्यक्ष अग्रिम श्रेष्ठको स्वागत मन्तव्य, २५ औँ वार्षिकोत्सव संयोजक राजेन्द्र रानाको धन्यवाद ज्ञापन तथा समाजकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related posts