ताजा खबर

काठमाडौँ महानगरपालिका– १६ का वडा अध्यक्ष रिजालको निधन

पोखरा २१, भदौं

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको उपचारकै क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान निधन भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ ।

यही भदौ १७ गते ग्राण्डीको सघन उपचार कक्षमा उपचार गराइ सु गरिएकोमा उहाँको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

उहाँको पार्थिक सरीरलाई श्रद्धाञ्जली दिनका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिने भएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति समेत रहनुभएका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गनिरे भएको छ । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

Related posts