ताजा खबर

विश्वकै अग्लो उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा भदौ ३० गते गल्फ प्रतियोगिता हुने

पोखरा २०, भदौं

विश्वकै अग्लो उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा यही भदौ ३० गते गल्फ प्रतियोगिता हुने भएको छ । लोमाङथाङ गाउँपालिकाको आयोजनामा दोश्रो पटक उक्त प्रतियोगिता मुस्ताङ गल्फ कोर्समा हुन भएकोे बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

समुन्द्र सतहबाट ४ हजार ६ सय ४५ मिटर (१५२३९.५ फिट) उचाइमा रहेको लोक्चाङमा मुस्ताङ गल्फ कोर्सको सफल परीक्षण समेत भैसकेकोले यसको थप प्रचार प्रसार र प्रतियोगितालाई निरन्तरता दिन यसपाली दोश्रो संस्करण गर्न लागिएको प्रतियोगिताका संयोजक इन्द्रधारा विष्टले बताउनु भयो । गत वर्षको पहिलो प्रतियोगिताले नै विश्वका गल्फ प्रेमीहरुको ध्यान उक्त कोर्षले खिचिसकेको उहाँले जनाउनु भयो । उक्त प्रतियोगिताले मुस्ताङ क्षेत्रको खेल पर्यटनको प्रचुर सम्भावना रहेको संयोजक विष्टले दाबी गर्नु भयो ।

एमेचर अन्र्तगत हुने उक्त प्रतियोगितामा पोखरा, धरान, बुटवल लगायत सहरका ४० जना खेलाडीहरु सहभागी हुने भएको प्रतियोगितामा ४ जना महिला खेलाडी सहभागि हुने भएको उहाँले बताउनु भयो । उक्त प्रतियोगिता ९ होलमा खेलाइने भएको छ भने बेष्ट प्रस पिनको सबैभन्दा लामो ड्राइभ र बडीजलाई पनि पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा पुरस्कृत गरिने भएको संयोजक विष्टले बताउनु भयो । प्रतियोगितामा हाल इन वान गर्न सफल खेलाडीलाइ एक लाख भन्दा बढी मुल्य बराबरको घोडा उपहार प्रदान गरिने भएको विष्टले बताउनु भयो । उक्त प्रतियोगितालाई प्रभू बैंक, एनआईएमबी बैंक, सिटि एक्सप्रेस मनिचेन्जर, जर्मन बेकरी पोखरा, सोल्टी मीनरल वटर, चिम्लेअर्चेट प्रा.लि. लगायतको सहयोग रहेको छ ।

उहाँले भन्नु भयो “उक्त कोर्षले अव भारतको पूर्वी सिक्किमको कु–पुपमा रहेको ३ हजार ९ सय ७० मिटर याक गल्फ कोर्सको पूरानो कीर्तिमानलाई तोड्दै विश्वको सबैभन्दा उच्च उचाईमा रहेको गल्फ कोर्सको रुपमा मुस्ताङ गल्फ कोर्षले नयाँ विश्व रेकर्ड तोड्ने छ । ” । यसवर्ष राष्ट्रिय खेलाडीमा सीमित उक्त प्रतियोगिता आगामी वर्षहरुमा विदेशी खेलाडीहरुको उल्लेखनिय सहभागिता हुने आयोजकले विश्वास लिएको छ । मुस्ताङ गल्फ कोर्षको वल्र्ड रेकर्ड कायम गराउन र प्रतियोगितालाई विश्व स्तरमा प्रसार गर्न दोस्रो संस्करणको गल्फ प्रतियोगिता कोषेढुंगा सावित हुने व्यवसायीक गल्फर भुवन गुरुङले बताउनु भयो ।

Related posts