ताजा खबर

एसियाली खेलकुद<प्रतिकुल मौसम र खेल सामाग्रि अभावका बाबजुत पोखरामा आर्चरी खेलको बन्द प्रशिक्षण

डि.एन.बी.
पोखरा १९, भदौं

एसियाडमा सहभागि हुने नेपाली खेलाडीहरुले प्रतिकुल मौसम र खेल सामाग्रि अभावका बाबजुत पनि पोखरामा आर्चरी खेलको बन्द प्रशिक्षणमा व्यस्त भएका छन्। आगामी असोज ६ देखि २३ गतेसम्म चिनको होङझावमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड) मा सहभागि हुने २ विधामा सहभागि ४ जना नेपाली खेलाडीहरु हाल पोखरामा बन्द प्रशिक्षणमा व्यस्त भएका हुन्।

अन्य खेल भन्दा प्राविधिक रुपमा फरक भएसंगै यसको खेल सामाग्रि धनु, एरो लगायतका बस्तुहरु निकै खर्चिलो हुँने हुदा यस खेल खेल्न प्रायः खेलाडीहरुले आफै खेल सामाग्रिको जोहो गर्ने गरेका छन् । बर्खायाम देशका अन्य शहर भन्दा बढी पानी पर्ने स्थान पोखरामा पानीको बाबजुत र खेल सामाग्रिको अभाव भए पनि खेलाडीहरुले एसियाडमा उत्कृष्ट खेल प्रर्दशन गर्ने गरी तयारी गरेको प्रशिक्षक वसन्त थकालीले एटुजेडलाई बताए ।

पोखरामा बढी पानी पर्ने भएकोले प्रशिक्षणको समय तालिकामा असर पारे पनि प्रशिक्षणमा आफुहरुले कुनै कसर बाँकी नराखेको उनको भनाई छ । यसपाली उत्कृष्ट खेल प्रर्दशन गर्ने गरी पोखरामै करिब डेढ महिना जसो प्रशिक्षण गरिएको उनले जनाए ।

२० जना खेलाडीहरुबाट १६ जना हुदै ४ चरणबाट ४ जना मात्र खेलाडीहरु छनौट भएको प्रशिक्षक थकालीको भनाई छ । थकालीको साथमा नेपाल आर्चरी संघका केन्द्रिय अध्यक्ष दीपक गुरुङले समेत प्रशिक्षणमा सहजीकरण गर्दै आएका छन्। उनी भन्छन “यसपाली नेपालले कुनै एक रंगको पदक ल्याउनु पर्छ, सोही अनुसार हामीले तयारी गरेका छौं । ”
यस अघि लगातार तीन पटक एसियाली खेलकुदमा सहभागि भएको नेपालको आर्चरी खेलले यसपाली चौथो पटक सहभागि हुने तयारी गरेको हो । तीन पटक लगातार एसियाडमा सहभागि भए पनि पदक विहिन भएको नेपालले यसपाली पदक ल्याउने आशा सहित एक अनुभवी खेलाडी सहित तीन जना खेलाडीले पहिलो पटक सहभागि हुने (डेब्यू) भएका छन्। हुनत पछिल्लो समयमा राम्रा खेलाडीहरुलाई विभागियमा अनुवन्धित गराउने गरेको पाइन्छ जहाँ खेल सामाग्रि खेल पोशाक देखि नियमित प्रशिक्षण हुने गरेको पाइन्छ । एसियाडमा सहभागि हुने २ महिला २ पुरुष खेलाडीहरु मध्य तीन जना विभागियका खेलाडी छन भने एक जना कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र बहादुर शेरचन समेत रहेका छन्।

इण्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सहभागि भएका तिलक पुन मगर दोश्रो पटक सहभागि हुने १९ औं एसियाली खेलकुदमा भने सके पदक अन्यथा राष्ट्रिय रेकर्ड भंग गर्ने योजनामा रहेका छन्। विना अनुभव पहिलो पटक सहभागि हुँदा एसियाली खेलकुदमा र्याङकीङमा पर्न नसकेको विरासतलाई यसपाली भने उनले इतिहास रच्ने योजनामा रहेका छन्। यसपाली नियमित जसो अभ्यास तथा बन्द प्रशिक्षण पनि काठमाण्डौं पोखरा गरेर करिब ३ महिना जसो भएकोले गर्दा आफुलाई थप आत्मविश्वास बढेको पुनको भनाई छ ।

नेपाल पुलिस क्लवमा आबद्ध भएका पुनः अघिल्लो बर्षको तुलनामा केही बढी समय बन्द प्रशिक्षण गर्ने अवसर प्राप्त भएकोले यस बर्ष उत्कृष्ट प्रर्दशन गरी योजनामा रहेका छन् । प्रेम बहादुर पुनले कायम गरेको रिकर्भ तर्फको ६५५ अंकको रेकर्ड नै भंग गर्ने रणनितीमा भएको एटुजेडलाई बताउछन् ।

खेलका क्रममा आफुलाई खासै कुनै कुराको अभाव नभएको बताउदै पुनले खेलमा कहिले काँहि राम्रो गर्न खोज्दा खोज्दै खेलको सन्तुलन गुम्न सक्ने प्रकतिकृया दिए । आफ्नो लागि विभिन्न दाताबाट खेल सामाग्रि प्राप्त भएकोले समस्या नभएको पुनले बताए । असारमा केही समय काठमाण्डौमा प्रशिक्षणमा रहेका पुन सहितका ४ जना खेलाडीहरुलाई आर्चरी टेनिङ सेन्टर उपयुक्त नभएका कारण साउन एक गते देखि हाल पोखरामा बन्द प्रशिक्षणमा राखिएको छ । एसियाडमा नेपालले आर्चरी खेलमा पुनः सहित मन्जु बजगाई रिकर्भ विधामा प्रतिष्प्रर्धा गर्दै छन भने आर्चरीको कम्पाउण्ड विधामा योगेन्द्र शेरचन र इमायुङ राई प्रतिष्प्रर्धा गर्ने भएका हुन् ।

राई र मन्जु नेपाल आर्मीमा आबद्ध खेलाडी हुन भने शेरचन पोखराका खेलाडी हुन् । पोखराको राष्ट्रिय आर्चरी खेलमैदानमा हाल प्रशिक्षणमा रहेका शेरचनले आर्चरी प्राविधिक खेल भएकोले गर्दा खेल सामाग्रिको भने अभाव भएको गुनासो गरे । खेल सामाग्रि समयमै माग गर्दा प्राप्त गर्न नसकेको उनले बताए । प्रशिक्षणको क्रममा उनको बोगो (धनुस) भाचिएको ले आफ्नो व्यक्तिगत खर्चमा २ लाख ५० हजार खर्चीयर भारतबाट धनुस खरिद गरेको उनले सुनाए । ३ महिना अघि नै एरो सहितको खेल सामाग्रि उपलब्ध भएको भए आफुहरुको प्रशिक्षण उत्कृष्ट हुने उनको दाबी छ । एसियाली खेलकुदको सेमिफाइनलमा पुग्ने देश नै ओलम्पीकमा सहभागि हुने हुँदा आफुहरुले एसियाडमा सेमिफाइनलको यात्रासम्म पुग्ने सके मात्र ओलम्पिक खेलेकै भान हुने विश्वास व्यक्त गरे ।

Related posts