ताजा खबर

पोखरामा सोमबारदेखि बाघ जात्रा

पोखरा १७, भदौं

नेवारी समुदायले मनोरन्जनको रुपमा मनाउने गरेको जात्राको पनि महाजात्रा जसलाई बाघ जात्रा भनिन्छ । उक्त पर्व सोमबार देखि पोखरामा मनाइने भएको छ । नेवारी समुदायले गाईजात्रा मनाएको केही दिनमा अर्काे जात्रा मनाउने तयारी गर्नु भएको हो । पोखरामा उक्त जात्रा २३ वर्षपछि पहिलो पटक निकाल्ने भएको बाघजात्रा आयोजक समितिका सचिव सुनिल उलकले बताउनु भयो ।

यही भदौ १८ गतेदेखि २० गतेसम्म बाघजात्रा पोखराका विभिन्न बजार हुदै बस्तीसम्म प्रर्दशनी गरिने तयारी गरिएको उहाँले बताउनु भयो । कुनै आस्था र धर्म भन्दा नितान्त फरक ढंगले परम्परादेखि मनोरन्जनको रुपमा मनाउदै आएको उक्त पर्वलाई यस बर्ष पनि पराम्परागत ढंगले मनाउने भएको सचिव उलकले बताउनु भयो ।

यस अघि पोखरामा २०५७ सालमा मोहरिया टोलमा प्रर्दशन गरीएको बाघ जात्रा विभिन्न कारणले गर्दा निरन्तरता दिन नसकिएको भए पनि यस वर्ष देखि पुनः निरन्तरता दिइने बाघजात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले बताउनु भयो । लोपोन्मुख अवस्थामा रहेको जात्राको उजागर गर्न र युवापुस्तालाई पुस्तान्तरण गर्ने उद्देश्यले बाघ जात्राको तयारी गरिएको उहाँले बताउनु भयो । पराम्परागत रुपमा चलेको यस जात्राले जंगली जनावार बाघसंग जोडिएको पाइन्छ । आइतबार उक्त बाघ जात्राको तयारी स्वरुप बाघ हिड्ने क्षेत्रमा झण्डा राख्ने काम भएको सचिव उलकले बताउनु भयो ।

Related posts