ताजा खबर

बाल कल्याण संघ पत्रकारिता पुरस्कार( २०८० बाट युनिश गुरुङ पुरस्कृत

पोखरा १७, भदौं

एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार( २०८० बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ ।

संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् ।
सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्र्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध छन् । उनी यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसकेका छन् । हाल उनी एसोसिएट प्रेस ९एपी०लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध छन् ।

यसअघि उक्त पुरस्कारबाट नारायण शाही घनश्याम पाण्डे, प्रकाश ढकाल कृष्ण दवाडीलगायत सम्मानित भइसकेका छन् ।

Related posts