ताजा खबर

पहिलो चरणको पोखरा उज्यालो अभियान सम्पन्न

डि.एन.बी.
पोखरा १७, भदौं

गण्डकी प्रदेशको राजधानि पोखरालाई उज्यालो पोखरा बनाउने अभियान अन्र्तगत पहिलो चरणमा हाई मास्ट लाइट सहित स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न भएको छ । पोखरामा २३ वटा हाई मास्ट लाइट र २ हजार ७ वटा स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न भएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनु भयो । उक्त परियोजना सम्पन्न भएसंगै आइतबार साँझ एक समारोहका बिच उक्त परियोजनाको उद्घाटन गरिएको थियो ।

उक्त परियोजनाको उद्घाटन गर्दै नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले देशका कुनै पालिकाले चाहेमा साझेदारीमा प्राधिकरणले दशै उज्यालो बनाउने अभियान अन्र्तगत लगानी गर्न तयार रहेको बताउनु भयो । देशै भरीका शहरहरु समेत उज्यालो बनाउने अभियान अन्र्तगत पोखराको पहिलो चरणको कार्यक्रम सम्पन्न भएसंगै पुनः दोश्रो चरणको कार्यक्रम अघि बढाउन प्राधिकरण तयार रहेको उहाँले बताउनु भयो । दोश्रो चरणमा पुनः उज्यालो पोखरा बनाउने अभियानमा महानगर लाग्ने भएको उहाँको भनाई थियो । पोखरामा यस अघि जडान भएका २ हजार सोलार लाईटका प्यानल पुनः प्रयोग हुने गरी त्यसलाई प्राधिकरणसंगको सहकार्यमा प्रयोग गर्ने मेयर आचार्यले बताउनु भयो ।

 

कार्यक्रममा कस्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आम जिल्लाबासीको सुरक्षामा यस्ता अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । पोखरा महानगरका प्रमुख प्रसासकिय अधिकृत श्याकृष्ण थापाले उक्त अभियानलाई दिगो बनाउन नगरबासीले चासो दीनु पर्ने बताउदै पोखराका ३३ वटै वडामै उज्यालो वडा बनाउने बताउनु भयो । निर्माण कम्पनी टपसन ईनर्जी प्रा.लि.का किरण गौतमले उक्त अभियान अन्र्तगत केही तार १ हजार ७ सय मिटर अण्डरग्राउण गरी नमुना काम भएको दाबी गर्नु भएको । उक्त सडक बत्ती ५ बर्ष वारेन्टी भएकोले आफ्नो टोली यही बस्ने उहाँले बताउनु भयो ।


आयोजना प्रमुख प्रमोद रिजालले उक्त परियोजनामा हाई मास्ट लाइट २३, २ हजार ७ वटा स्मार्ट सडक बत्ती जडान सहित १६ मिटरसम्मका अग्लो, ३२ स्थानमा कन्ट्रोलर, ६० किलोमिटर क्षेत्रमा, ४ सय ३९ नयाँ पोल जडानमा समेत जडान भएको बताउनु भयो । धेरै र थोरै भोल्ट समेत बाल्न मिल्ने सिस्टम जडान भएको उहाँले बताउनु भयो । सडक बत्तीको पावर १२० वाट र ९० वाटका हुनेछन् भने हाई मास्ट लाइटको पावर २ सय वाट (प्रति लाइट) हुनेछ ।

यसरी एक हाइ मास्ट लाइटको पावर १ हजार ६ सय वाटको हुनेछ । एक स्थानमा ८ वटा हाइ मास्ट लाइट हुनेछ । फिलिप्स ब्राडको उक्त बत्ती ५० हजार घण्टा अर्थात ११ बर्ष चल्ने, उक्त बत्तीको दिगो पनको लागि हट्लाईनको समेत व्याबस्था गर्ने प्रमुख रिजाले बताउनु भयोे । पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले उज्यालो पोखरा बनाउने अभियानमा सुरूवात भएको बताउनु भयो । पोखराको न्यूरोड, महेन्द्रपुल, चिप्लेढुंगा, पार्दी, किरोकिलोमिटर, पृथ्बीचोक, लेकसाइड, शहिचोक, लगायतका क्षेत्रमा उक्त सडक बत्ती जडान भएको छ । निवर्तमान पोखराका मेयर मानबहादुर जिसीलाई उक्त कार्यक्रमा मेयर आचार्यले माला लगायर सम्मान गर्नु भएको थियो । निवर्तमान मेयर जिसीको आइतबार जन्म दीन समेत परेको थियो ।

 

 

 

 

 

 

 

Related posts