ताजा खबर

सहारा एकेडेमीलाई पूर्व राष्ट्रिय खेलाडी तुल्सी गुरुङ सहित उहाँको आफन्तबाट १ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण

पोखरा १६, भदौं

सहारा हङकङका प्रमुख सल्लाहकार एवं पूर्व राष्ट्रिय खेलाडी तुल्सी गुरुङ सहित उहाँको आफन्तबाट सहारा एकेडेमीको सहयोगार्थ १ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ । शनिबार पोखरा १७ दोभिल्लामा रहेको एकेडेमीमा आयोजित एक समारोहमा प्रमुख सल्लाहकार एवं पूर्व खेलाडी गुरुङ सहितको उहाँको आफन्तले उक्त रकम सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष नवराज अधिकारी लगायतलाई हस्तान्तरण गर्नु भएको हो ।

प्रमुख सल्लाहकार एवं पूर्व खेलाडी गुरुङकी आमा काली गुरूङको स्मृतीमा तुल्सी सहित उहाँका आफन्तहरु जसमाया गुरुङ, ज्योती गुरुङ, वाईखासा गुरूङले उक्त रकम सहयोग गर्नु भएको हो । सहारा क्लवले निस्वार्थ र पारदर्शी ढंगले काम गरेको हुनाले आफुहरुले आफ्नी आमाको स्मृतिमा उक्त सहयोग गरेको प्रमुख सल्लाहकार गुरुङले बताउनु भयो । सहारा एकेडेमीमा रहेका वालकहरुलाई अनुशासनमा रहन आग्रह गर्दै उहाँले आफ्ना दिदी बहिनीको बिषेश पहलमा सहयोग गर्न एकेडेमीसम्म आएको बताउनु भयो ।

उक्त अवसरमा दीपेन्द्र गुरूङले एकेडेमीका बालकहरुको लागि नगद ११ हजार सहयोग गर्नु भएको थियो भने उक्त अवसरमा फलफुल समेत वितरण गरिएको सचिव सुनिल राना मगरले बताउनु भयो । सहारा हङकङका अध्यक्ष दीपक गुरुङले तुल्सी गुरुङकै अभिभावकत्वमा आफुहरुले हङकङमा आफुहरु स्थापित भएको दाबी गर्नु भयो ।

क्लवका अध्यक्ष सुरजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरु बिक्रम थकाली, विरभद्र आचार्य, केशव बहादुर थापा, एन्फा गण्डकीका उपाध्यक्ष मिलन गुरुङ क्लव स्थापनाको २५ बर्ष गाँठको अवसरमा क्लवले यस बर्ष रजत जयन्ती मनाउने क्रममा शनिबार एक दीने पदयात्रा (हाईकिङ) तथा स्वास्थ्य परिक्षण समेत गरेको बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक केशवराज बरालले बताउनु भयो । सहारा एकेडेमीबाट पोखरा २१ को निर्मलपोखरीसम्म पदयात्रा तय गरिएको थियो । अल्ट्रा प्याथ ल्याबले प्रेसर, सुगर र यूरिक एसिडको निःशुल्क परिक्षण गरेको ल्याबकी सुस्मिता बरालले बताउनु भयो ।

Related posts