ताजा खबर

चिनबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान गर्ने बिषयमा पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

डि.एन.बी.
पोखरा १५, भदौं

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पोखरा र लुम्बिनी विमानस्थलबाट हवाई कनेक्टिङ गर्न चिनसंग सरकारसंग कुराकानी गर्ने बताउनु भएको छ । समाजबादी मोर्चा गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो चिन भ्रमणका क्रममा गण्डकी र लुम्बिनी प्रदेश सहित नेपालको आर्थिक विकास र समृद्धिको लागि चिनबाट पोखरा र लुम्बिनी विमानस्थलसम्म सिधा हवाई उडान गर्ने बिषयमा चिन सरकारसंग छलफल गर्ने तयारी गरेको बताउनु भएको हो ।

त्यसै गरी मुस्ताङको कोरोला नाका र गोर्खाको रुइला नाका खोल्ने गरी चिन सरकारसंग छलफलको मुद्धा बनाएको उल्लेख गर्दै उहाँले जलबिद्युतको बिषयमा पनि कुराकानी गर्ने बताउनु भयो । केही दिन पछि चीन भ्रमणमा निस्कने तयारी गर्नु भएको प्रधानमन्त्री प्रचण्डले जलबिद्युतको क्षेत्रमा पहिलो पटक रसुवा नाकाबाट क्रसवोर्ड ट्रासमिसन लाइन विस्तार गर्दै चिनमा बिद्युत व्यापार गर्न सक्ने गरी सन्तुलित ढंगले सम्बन्ध अघि बढाउने योजना रहेको बताउनु भयो ।

Related posts