ताजा खबर

प्रधानमन्त्री फेरीय पनि भ्रष्टचारको महाअभियान रोकिदैनः प्रधानमन्त्री प्रचण्ड

पोखरा १५, भदौं

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा हाल आफ्नो नेतृत्वमा सुरु भएको भ्रष्टचार बिरुद्धको महाअभियानमा प्रचण्ड दोषी भए पनि नछाड्न निर्देशन दिएको बताउनु भएको छ । साजबादी मोर्चा गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धेरै चुनौतीको सामना गरेर सुरु गरिएको महाअभियानमा दोषी भए कुनै पार्टी मात्र होइन प्रचण्डसम्म कारवाही गर्न प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएको बताउनु भएको हो ।

उहाँले भन्नु भयो “सानो उद्धेश्यले महाअभियान सुरु गरिएको होइन, प्रहरीलाई, सेक्यूरिटि फोर्स र सबै अनुसन्धानकर्तालाई मैले भनेको छु, तपाईहरुले अनुसन्धान गर्दै जानुहोस निष्पक्ष, निस्वार्थ रुपमा बाटोमा प्रचण्ड देखियो भने नछोड्नुहोस भनेको छु मैले प्रधानमन्त्रीको हैसियतले । ” केही समय त मानिसहरुले माओबादीका विभिन्न नेताहरु भ्रष्टचारमा मुछिएको बिषयमा भ्रम दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनमा नाम उल्लेख गर्ने तर सोधपुछ नगर्ने जनतालाई देश भरी भ्रम दिने सरकारलाई अप्ठ्यारोमा पार्ने आफु गिरफ्तार पनि नगर्ने बयान लिन पनि नबोलाउने भन्न सम्मको कुरा प्रहरीलाई भनेको दाबी गर्नु भयो । अब त्यो कुरा लगभग क्लियर भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले माओबादी, कागेंस, एमाले, समाजबादी जो कोही होस कोही नछुटोस तर निर्दोष नपरोस भनेर आफुहरुले प्रहरीलाई कडा रुपमा निर्देशन दिएको उल्लेख गर्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले माधव कुमार नेपालको बारेमा धेरै चर्चा परिचर्चा चले पनि हाल उहाँ निर्दोश सावित भएको जनाउनु भयो । सिआईबीले नेपाललाई अन्ततः बयान लिएसंगै निर्दोश सावित गरेर मुद्धा चलाउन नपर्ने भनेर लिखत रुपमा दिएको उहाँको भनाई थियो । सुरुमा केही साता होला की भनेको काम गर्दै जादा हाल ८ महिना वित्नै लागेको उहाँले बताउनु भयो । प्रधानमन्त्री हेरफेर भए पनि यो गठबन्धन ५ बर्ष जाने उहाँले विश्वास व्यक्त गर्नु भयो । पार्टीका शिर्ष नेताबाटै देशमा ठुलो भ्रष्टचार भएकोले देशको आर्थिक विकास र शुसासन हुन नसकेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

नेपालमा पर्यटन आगमनमा बृद्धि भएसंगै अर्थतन्त्रमा सुधार हुदै आएको उहाँको भनाई थियो । आर्थिक कृयाकलाप जति रुपमा चलायमान र गतिशिल हुनुपर्ने हो त्यही अझै नभएको बताउदै प्रधानमन्त्री प्रचण्डले अझै बैंकको व्याजदर, लघुबित्तको समस्या देखि सहकारी लगायको समस्या अझै हल नभएको बताउनु भयो । सरकारको तलवबार त्यसको समाधान गर्न निरन्तर रुपमा लाग्दै आएको उहाँले बताउनु भयो ।

राजश्व संकलनमा देखिएको बेतिथी, रेमिट्यान्स रहेको बेथितीहरु र विदेशी मुद्रा संचितीका सन्दर्भमा देखिएका समस्या समाधान गर्न तर्फ आफ्नो ध्यान केन्द्रित भएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो । हाल देशमा रेमिट्यान्स करिब २६.६ प्रतिशतले बढेको, राजश्व २१.५ प्रतिशतले बृद्धि भएको विदेशी मुद्राको संचिती १० महिना भन्दा बढीलाई पुग्ने संचित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गर्नू भयो ।

नेपाल अब छिट्टै श्रीलंकाको स्थितीमा पुग्छ भन्ने आंतक सृजना गर्न खोजिएको अबस्थामा आफु प्रधानमन्त्री भएको बताउदै उहाँले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको बिचमा सहकार्यको नयाँ प्रकृयाको थालनी गर्दै मौद्रिक निती र विक्तिय नितीका बिचमा एउटा नयाँ सामजस्यता कायम गरी अर्थतन्त्रमा देखिएको भयानक संकटलाई समाधान गर्ने तर्फ लाग्दै आएको उहाँको भनाई थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीका ५ एजेण्डा समावेश गर्न पोखरेली अगुवाहरुको माग

पोखराका व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा एयरपोर्टको लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्नको लागि पहल गर्न आग्रह गरेका छन् ।

सवै संघ÷संस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्तान्तरण गरिएको ज्ञापनपत्रमा असोज ४ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा यो एजेण्डा समावेश गर्न माग गरिएको हो । यस्तै नेपाललाई ‘गन्तव्य राष्ट्र’मा सूचीकृत गर्न, कोरोला नाका संचालनको पहल थाल्न एवं गोर्खामा पर्ने रुइला नाका खोल्न, पोखरा चक्रपथको लागि सहयोग जुटाउन तथा पोखरा–मुग्लिन सडक निर्माणमा चिनियाँ ठेकेदार कम्पनीले देखाएको ढिलासुस्तीबारे जानकारी गराउन पनि माग गरिएको छ ।

पोखराका मेयर धनराज आचार्य, पूर्वसांसद राजकाजी गुरुङसहित नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी,संघकै निवर्तमान अध्यक्ष नारायण कोइराला, पूर्वअध्यक्ष विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ,पोउवा संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य,महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्य बालकृष्ण कोइराला,पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई,हालका महासचिव संजयकान्त सिग्देललगायतका अगुवाहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले ज्ञापनपत्रमा लेखिएका सवैजसो विषयहरु भ्रमणको एजेण्डामा परेको बताए । ‘कोरोला नाकामा संरचना बनाउने र खोल्ने कुरा भएकै छ,रुइला नाका खोलिँदै छ ,एयरपोर्टको कुरा पनि उठान हुन्छ,’उनले प्रतिनिधिमण्डलाई आश्वस्त पार्दै भने,‘सवै कुरा होलाजस्तो छ ।’

ज्ञापनपत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चेन्दु–पोखरा र पोखरा–कुनमिङ हुँदै हङकङ गन्तव्य बनाएर उडान भर्ने वातावरण मिलाउन, पोखरा एयरपोर्टको २५ सय मिटरको धावनमार्ग ३ हजार मिटर बनाउने निर्णयसहित निर्माणमा चीन सरकारको सहयोग खोज्न सुझाइएको थियो । यस्तै पोखरा र नेपाललाई चिनियाँ नागरिकको भ्रमण गन्तव्यमा सूचीकृत गर्दै निश्चित अवधिका लागि दुवै देशले भिसा फ्रि गर्न, पोखरामा चिनियाँ महावाणिज्य दूतावास स्थापनको आग्रह गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ ।
कोरोला नाका संचालनमा आए नेपाल–चीन नाकाहरुमध्ये सवैभन्दा फराकिलो,धेरै पूर्वाधार निर्माण गर्ने ठाउँ उपलब्ध र तुलनात्मक रुपमा सहज र व्यावसायिक लागत कम हुने नाका बन्ने जानकारी गराउँदै ज्ञापनपत्रमा भनिएको छ,‘कोरोला नाका संचालनपश्चात मुक्तिनाथ–दामोदरकुण्ड हुँदै मानसरोवर कैलाश पर्वत यात्रा सहज हुने हुनाले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्नेछ भने कर्णालीले पनि यो नाकाबाट लाभ लिनेछ ।’ मुस्ताङ–डोल्पा सडक निर्माण अन्तिम चरणमा रहेकाले कर्णालीले लाभ पाउने ज्ञापनपत्रमा तर्क गरिएको हो । यस्तै गोरखाको रुइला नाका खोल्दै रुवी भ्यालीको प्रवद्र्धन गर्न र सो क्षेत्रका नागरिकको लागि अत्यावश्यक पर्ने खाद्यान्नको ढुवानी प्रबन्ध मिलाउन ज्ञापनपत्रमार्फत् आग्रह गरिएको छ ।सडक विस्तार र नाका खुला हुँदा नेपाल–चीन हिमालपार विद्युत ट्रान्समिसन लाइन निर्माण गर्न सहज हुने पनि ज्ञापनपत्रमा उल्लेख छ ।

.पोखरालाई केन्द्र बनाएर ७८ किलोमिटर चक्रपथ निर्माणलाई ज्ञापनपत्रको अन्तिम बुँदामा समेटिएको छ । प्रधानमत्रीले सुशासन र आर्थिक विषयलाई उच्च प्राथमिकतामा राख्दै भ्रष्टाचार तथा अनियमितताको विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाएकोमा धन्यवाद ज्ञापन गर्दै कालोधन नियन्त्रणको पहल थाल्नुपर्ने पनि पोखरेली व्यावसायिक र नागरिक संघ÷संस्थाको माग छ ।

 

Related posts