ताजा खबर

ग्याँस र पेट्रोलियम पदार्थको मूल्य बृद्धि

पोखरा १५, भदौं

खान पकाउन प्रयोग हुने एलपी ग्याँस र पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढाएको नियमले जनाएको छ ।

पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमटीतेल ३ रुपैयाँ बढाइएको छ भने त्यसैगरी खाना पकाउने ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार ग्यास १ हजार ८९५ पुगेको छ । यसअघि १ हजार ६६० रुपैयाँ थियो । पेट्रोल प्रतिलिटर १८२ र डिजेलरमटीतेल १७० रुपैयाँ पुगेको छ ।

Related posts