ताजा खबर

प्रधानमन्त्री प्रचण्ड, सहित समाजबादी मोर्चाका, नेपाल , विप्लव, यादवले आज(शुक्रबार) पोखरामा सम्बोधन गर्ने

डि.एन.बी.
पोखरा १५, भदौं

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित समाजबादी मोर्चाका प्रमुख नेताहरुले आज (शुक्रबार) पोखरामा एकै थलोमा सम्बोधन गनुहुने भएको छ । साजबादी मोर्चा गण्डकी प्रदेशले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा शुक्रबार पोखरा सभागृहमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित समाजबादी मोर्चाका प्रमुख नेताहरुले एकै थलोमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाएको हो ।

सन्देश सभा नाम दिइएको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले शुक्रबार पोखरामा आयोजित एकै समारोहमा सम्बोधन गर्नुहुने भएको माओबादी केन्द्रका सचिव एवं प्रदेश इन्चार्ज देवेन्द्र पौडेल(सुनिल)ले बताउनु भयो ।

सघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्य सहित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सुद्धीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने सामथापना भएको समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन भएको उहाँले प्रष्ट पार्नु भयो ।

समाजवादी मोर्चा, नेपाल केन्द्रीय संयोजन समितिले तय गरेको कार्यक्रम अनुसार शुक्रबार १२ः०० बजे उक्त कार्यक्रम आयोजना गरिने भएको माओबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनु भयो । उक्त कार्यक्रमको व्यवस्थापन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट हुने भएको छ । गण्डकी प्रदेशका कास्की सहितका ११ वटै जिल्लाका बौद्धिक समुदाय, पत्रकार, नागरिक समाज, विभिन्न पेशा, व्यवसाय एवं संघ संगठन लगायत जनताको उपस्थितिका लागि मोर्चाले अपील समेत गरेको समाजबादीका पोलीटव्यूरो सदस्य श्रीनाथ बरालले बताउनु भयो । नेपालमा रोजगार सृजना गरी समाजबादी तर्फ लैजान, श्रमिक उत्पिडित, सामाजिक न्याय सहितको शुसासन कायम गर्न मोर्चा कटिवद्ध भएको माओबादीका सचिव पौडेलले दाबी गर्नु भयो ।

उक्त मोर्चाको गण्डकी प्रदेशमा पहिला ४ महिना माओबादी केन्द्रबाट गायत्री गुरुङको अध्यक्षतामा कार्यक्रमहरु ह्ुने भएको छ त्यस पश्चात अर्कोको पार्टीको अध्यक्षतामा हुने भएको मोर्चाले जनाएको छ । प्रदेश कमिटिमा हरेक दलका ३÷३ जना प्रतिनिधि हुने भएको जनतासमाज पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गोपाल गुरुङले जनाउनु भयो । समाजमा देखिएको विकृति र विसङगती बिरुद्ध आफुहरु मोर्चामा आबद्ध भएको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य राजन सीले बताउनु भयो ।

 

Related posts