ताजा खबर

गण्डकी प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले पनि जनैपूर्णिमा पर्व मनाउनु भयो

डि.एन.बी.
पोखरा १४, भदौं

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि जनैपुर्णिमा पर्व मनाउनु भएको छ । उहाँहरुको निवासमै पुगेर ईश्वरीय विश्व विद्यालय क्षेत्रीय (ओम शान्ति) कार्यालय नयाँबजारको टोलीले राखी बाध्नु भएको थियो ।

ब्रह्मा कुमारी नेपालका अध्यक्ष एवं निर्देशक राजयोगिनी ब्रह्माकुमारी परणिता दिदी सहितको टोलीले प्रदेश प्रमुख र मुख्यमन्त्री समक्ष राखी बाधेर प्रसाद वितरण गर्नु भएको थियो । दक्षिणा दिदै प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री पाण्डेले यस्ता चार्ड पर्वलाई नेपाली परम्परागत शैलीमा मनाउनु पर्नेमा जोड दिदै कार्यव्यस्तताले गर्दा घर परिवारबाट टाडा रहेको अबस्थामा पनि निवासमै आएर राखि बाध्नु भएको ओम शान्तिको टिमलाई बिषेश धन्यवाद दिनु भएको ओम शान्तिकी विनु पराजुलीले बताउनु भयो ।

आपसी सद्भावना, स्नेह र पवित्रताको प्रतिज्ञाको प्रतिकको रुपमा मनाइने रक्षाबन्धन
(जनैपूर्णिमा) को अवसरमा ओम शान्तिको टोलीले धेरै संघ संस्था र व्यक्तिहरुलाई राखि बाधेको संयोजक शैलेस बरालले बताउनु भयो ।

 

Related posts