ताजा खबर

पोखरामा जनैपूर्णिमा पर्वको रौनक

पोखरा १४, भदौं

पोखरामा जनैपूर्णिमा पर्व मनाइएको छ । यस बर्षको जनैपूर्णिमा बुधबार र विहिबार दुई दिन परेकोले अघिल्लो बर्षको तुलनामा केही चहल पहल कम भएको थियो ।     

पोखरा क्षेत्रमा पनि आज बिषेश गरी राखि बाध्ने तथा रक्षाबन्धन लगाउदै जनैपूर्णिमा पर्व मनाएका हुन्।
ईश्वरीय विश्व विद्यालय क्षेत्रीय (ओम शान्ति) कार्यालय नयाँबजारमा विहिबार सरकारी कार्यालयका उच्चपदस्थ कर्मचारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी लगायतका पोखरेलीहरु राखी बाध्न आउनु भएको संयोजक एवं विश्वबिद्यालयको महासचिव सैलेस बरालले बताउनु भयो । पोखरामा आफ्ना ओम शान्तिका २५ वटा शाखामा रक्षाबन्दन कार्यक्रम बिहानैबाट संचालन भएको उहाँले बताउनु भयो ।

ब्रह्मा कुमारी नेपालका अध्यक्ष एवं निर्देशक राजयोगिनी ब्रह्माकुमारी परणिता दिदीले आगन्तुक दाजुभाई दिदीबहीनीहरुलाई राखि बाध्नु भएको थियो ।

तागोधारीले जनैपूर्णिमा पर्वको अवसरमा नयाँ जनै फेर्ने गर्नुहुन्छ । जनैपूर्णिमा पर्वको अवसरमा मिठामिठा खानेकुरा समेत खाने प्रचलनले गर्दा मिठाई मसल तथा फलफुल पसलमा समेत केही भिडभाड भएको थियो ।

Related posts