ताजा खबर

एसिया कपको उद्घाटन खेलमा नेपाल पराजित

पोखरा १३, भदौं

एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसग २ सय ३८ रनले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई जितका लागि ३ सय ४३ रनको विशाल लक्ष्य दिएको थियो ।

पार्कितान बिरुद्धको खेलमा नेपालले २३.४ ओभरमा १०४ रन मै सिमित भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ तथा आरिफ शेखले २६ रनको योगदान दिए।

त्यस्तै गुल्शन झाले १३ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले समूह चरणको अर्को खेल सोमबार भारतसँग खेल्ने भएको छ । नेपालको आजको खेल सुरुवतामै खराब प्रर्दशन गरेको थियो ।

Related posts