ताजा खबर

३५ बर्ष माथिका महिलाहरु सहभागि ह्याण्डबल प्रतियोगिता शनिबार पोखरामा हुने

पोखरा १३, भदौं

द विमेन्स क्लव अफ पोखराको आयोजनामा आउँदो शनिबार पोखरामा ३५ बर्ष माथिका महिलाहरुको ह्याण्डबल प्रतियोगिता हुने भएको छ । महिलाहरुलाई स्वास्थ्यका बारेमा सचेत गराउदै महिला शसक्तिकरण गर्न पनि उक्त प्रतियोगिता पोखरा रंगशालामा पहिलो पटक गर्न लागिको क्लवका संस्थापक अध्यक्ष सारिका गुरूङले बताउनु भयो ।

१०÷१० जनाको टिम संलग्न हुने गरी ८ टिमको लागि हाल ८० जना ३५ देखि ६१ बर्ष उमेरका महिलाहरु उक्त प्रतियोगितामा सहभागि हुनको लागि अभ्यास खेलमा व्यस्त हुने गरेको उहाँले बताउनु भयो । सामाजिक निस्वार्थ भावले उक्त प्रतियोगिता गर्न लागेको बताउदै संस्थापक अध्यक्ष गुरूङले आगामी बर्ष उक्त प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको सुनाउनु भयो । सम्झना गुरूङ जस्ता खेलाडीहरुले करिब १० दीनमै आफ्नो शरीरको ३ केजी तौल घटाएको क्लवकी रेनु गुरूङले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोश्रोलाई २० हजार र तेश्रो हुने टिमलाई नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको संस्थापक अध्यक्ष गुरूङले जनाउनु भयो । प्रतियोगिता सम्पन्न गर्न २ लाख ८५ हजार खर्च हुने भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले महिला शसक्तिकरणका लागि खेलकुद सशक्त्त माध्यम हुने बताउनु भयो । ओलम्पिकमा रहेका दर्जनौ कमिसनहरु मध्ये महिला कमिसन जस्ता महत्वपूर्ण कमिसनहरु राजधानीको खाल्डो बाहिर आउन नसकेको उहाँले दाबी गर्नु भयो । नेपाली खेलकुद अभियानमा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाट, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली लगायतले वोल्नु भएको थियो ।

Related posts