ताजा खबर

माउण्ट अन्नपूर्णका विद्यार्थी माउण्टेन ग्लोरी रिर्सोट एण्ड स्पाःमा

पोखरा १३, भदौं

पोखरा ३, नदीपुरस्थित माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयका बिद्यार्थीहरुले पोखरा २१ निर्मलपोखरीमा रहेको माउण्टेन ग्लोरी रिर्सोट एण्ड स्पाःमा (होटल) अवलाकेन तथा भ्रमण गरेका छन्। बिद्यालयले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कक्षा ११ मा नयाँभर्ना भएका होटल व्यवस्थापन समुहमा अध्ययनरत विहानी तथा दिवा सत्रका ६५ जना छात्रा र ८८ जना छात्र गरि जम्मा १५३ जनाविद्यार्थी सहभागि उक्त होटलमा अवालकेन गरेको विद्यालयका शैक्षिक निर्देशक अशोक कुमार शाहीले बताए ।

उक्त कार्यक्रममा प्रेसिडेन्सियल स्विट रुम, एक्जुकेटिभ स्विट रुम, डिलक्स रुम, सिङगल स्टोरी रुम, डवल स्टोरी रुम, साउनावाथ, स्विमिङ पुल, अडिटरियम हल, कन्फरेन्स हल, हेल्थक्लव, इन्डोर स्पोट्र्स अन्र्तगत व्याडमिन्टन, टेवलटेनिस, विलियड लगायतका विभिन्न स्थानहरुमा अवलोकन गरेर खेल्ने,आवश्यक जानकारी लिने तथा सम्वन्धित विभागिय प्रमुखहरुबाट विद्यार्थीहरुले जानकारी लिएका थिए ।

उक्त कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक शाही, प्रशासक चित्रबहादुर गुरुङ, होटल व्यवस्थापन बिभागिय प्रमुख शेरसिँह गुरुङ (विकास), ट्राभल एण्ड टुरिजम् बिभागिय प्रमुख कर्मा पाल्जोर लामा, लेखाप्रमुख नबराजशर्मा पौडेल, होटल व्यवस्थापन शिक्षक शिवराज काफ्ले लगायतको टिमले ३ समुह बनाएर विद्यार्थीहरुलाई उक्त होटलमा अवलोकन गराएको थियो ।

 

Related posts