ताजा खबर

वामपन्थी एवं मानव अधिकारवादी नेता टेकनाथ बरालको निधन

पोखरा १२, भदौं

वामपन्थी एवं मानव अधिकारवादी नेता टेकनाथ बरालको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उहाँको ८४ बर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ। सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताउनु भयो ।

उहाँको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उहाँको परिवारमा श्रीमती, छोरा, ३ छोरी र नीतिनातिना हुनुहुन्छ। उहाँको मंगलबार नै शव यात्रा सहित अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

Related posts