ताजा खबर

पोखरामा ट्रकको ठक्करले तनहुँकी एक युवतीको ज्यान गयो

पोखरा १२, भदौं

पोखरामा ट्रकको ठक्करले एक युवतीको ज्यान गएकोे छ । पोखराको व्यस्त सडक सभागृहचोकमा मालवाहक ट्रकले ठक्कर दिदा स्कुटर चालक तनहुँ म्याग्दे ४ घर भएकी २० बर्षीया बर्षा कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।

पोखरा पृथ्बीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई सोही दीशा तर्फ गएको बागमती प्रदेश ०३–००१ क ०२६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक कुमालको उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताउनु भयो । दिउँसो करिब २ः३० बजेको समयमा उक्त दुर्घटना हुन साथ स्थानियले उनको उद्धार गरी गण्डकी मेडिकल कलेजमा पुराए पनि उनलाई केही समयमा अस्पतालले मृत घोषण गरेको थियो ।

धादिङको धार्केमा घर भएका ट्रक चालक ३४ बर्षीय राम कुमार खतिवडा र उक्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पृथ्बीचोक घटेसंगै अघि बढि रहेको स्कुटरलाई सभागृहको आईलाण्डको नजिक ट्रकले ठक्कर दिएको स्थानियले बताउनु भयो । युवतीको शरिरै माथि ट्रकको टायरले थिचेको प्रत्यक्षदर्शी यामनाथ बरालले बताउनु भयो । एक प्रत्यक्षदर्शी राजन गिरीका अनुसार ट्रक चालकले स्कुटरलाई सायद ख्याल नगरी वा नदेखेर ठक्कर दिएको हुन सक्ने बताउनु भयो ।

 

Related posts