ताजा खबर

पोखराको बुलौदीमा वल्डहाउस कफि हाउस सञ्चालनमा

पोखरा, १० भदौ

पोखराको बुलौदीमा माइ वल्डहाउस कफि हाउस एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पोखरा ७ बुलौदीमा रहेको हइट हाउसमा कफि हाउस सञ्चालनमा आएको हो ।

कफि हाउसमा नेपाल स्वाद र विदेशी स्वादलाई लक्ष्त गरेर सञ्चालनमा ल्याएको सञ्चालक किशोर सुबेदीले बताए ।

कफि हाउसमा नेपालको उच्च पहाडी भेगमा उत्पादन भएका कफि, अर्गानिक चिया, बेकरी आइटमका साथ फ्रेस जुस र खाजाका विभिन्न परिकार उपलब्ध रहेको सुबेदीले बताए ।

करिब ३० लाखको लगानीमा सञ्चालन भएको कफि हाउसमा अहिले ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बिहान ७ बजे देखि साँझ ९ बजे सम्म सेवा उपलब्ध रहेको उनले बताए । कफि हाउसमा ३० जना सम्मको बैठक कक्ष र ५० जना सम्मको गार्डेनमा बैठक गर्न सकिने बताए । कफि हाउसमा करिब १ सय २० जनाको क्षेमता रहेको उनले बताए ।

Related posts