ताजा खबर

पोखरामा मिटरमा ट्याक्सी नचले तत्काल प्रहरीलाई खबर गर्न आग्रह, १५ हजार जरीवाना

पोखरा १०, भदौं

शुन्दर नगरी पोखरामा मिटरमा ट्याक्सी नचलेमा तत्काल जिल्ला ट्राफिक कार्यालय कास्कीलाई खबर गर्न आग्रह गरिएको छ । पोखरा उद्योग बाणिज्य संघले आईतवार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशको राजधानी पोखराको सवारी व्यबस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायले पोखरामा मिटरमा ट्याक्सी चल्न नमाले तत्काल प्रहरीलाई खबर गर्न आम उपभोक्ताहरु माझ यस्तो आग्रह गरिएको छ ।


गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले आम उपभोक्ता र व्यवसायीहरुको हितको लागि पोखरामा मिटरमा ट्याक्सी यही भर्दौ १ देखि लागु भएको उल्लेख गर्दै अब यसमा असोजबाट मिटरमा ट्याक्सी चल्न नमालेको खण्डमा १५ हजारसम्म जरीवाना गर्न निर्देशन दिनु भएको छ ।

अर्को महिना (असोज) देखि पोखरामा मिटरमा ट्याक्सी नचलेको भेटिएमा तत्काल यात्रुहरुले प्रहरीलाई खबर गर्न आग्रह गर्दै मन्त्री जुग्जालीले त्यस्ता ट्याक्सी चालकहरु मथि कारवाही स्वरुप अधिकतम १५ हजार जरीवाना गर्न निर्देशन दिनु भएको हो । अब पनि मिटरमा ट्याक्सी संचालन हुन नमाने यातायात सवारी ऐन अनुसार कारबाही हुने मन्त्री जुग्जालीले चेतावनी दिनु भएको हो ।

हाल मिटरमा ट्याक्सी नचलेको भेटिएको खण्डमा पहिलो एक महिना (भदौं) सम्म ट्राफिक नियम अनुसार कारबाही गर्न निर्देशन दिदै मन्त्री जुग्जालीले एप अन्र्तगत इनड्राइभमा चल्न मान्ने ट्याक्सी मिटरमा चल्न नमान्ने उपर अब कारबाहीले नै मिटरमा चल्ने अबस्था हुने उहाँको दाबी छ । उहाँले भन्नु भयो ”इनड्राइभमा चल्न मान्ने ट्याक्सी पानीले चल्ने त होइन होला अरु ट्याक्सी किन मिटरमा चल्न मान्दैनन मैले नबुझेको कुरा यहाँ छ, पोखरामा करिब ७ सय ट्याक्सीमा एप जडान भएको बुझिएको छ ।” आफुले पोखरा क्षेत्रका कुनै राजनीतिक दलका नेता, कुनै उद्योगी व्यवसायी र आफ्ना साथे भाईहरु समेत नजिका नभएकोले आम पोखरेली र दिगो रुपमा व्यावसायीहरुको हित हुने गरी उक्त निर्णय कुनै पनि हालतमा दिगो रुपमा लागु हुने गरी छाड्ने मन्त्री जुग्गालीको भनाई थियो ।

पोखरामा २०७७ सालमा मिटरमा ट्याक्सी संचालन भए पनि त्यसले निरन्तरता नपाएको अबस्थामा हाल आफुहरुले व्यवसायीहरुसंग छलफल गरी मिटरमा ट्याक्सी संचालन गर्ने बिषयमा सहमती भए अनुसार संचालन गरेको उहाँको भनाई थियो । अब पोखरामा निरन्तर रुपमा मिटरमा ट्याक्सी संचालन हुने र त्यसको निरन्तर रुपमा अनुगमन समेत हुने मन्त्री जुग्जालीले दाबी गर्नु भयो । नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष संजिव बहादुर कोइरालाले पोखरामा हाल मिटरमा ट्याक्सी अझै चल्न नमान्ने गरेको गुनासो गर्नु भयो । मन्त्रीको बिषेश पहलमा पोखरामा मिटरमा ट्याक्सी लागु भएकोमा खुसि व्यक्त गर्दै यसलाई निरन्तरता दिनु पर्ने पोखरेलीले माग गर्नु भएको थियो ।

संघका अध्यक्ष पवन प्रजापतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीका कार्यालयका प्रमुख डिल्लीराम रिजाज, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवण कुमार बि.क., जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्मा, केही व्यवसायीहरुले पोखरामा ढुवानी, ट्राफिक व्यबस्थापन, ट्राफिक प्रहरीको जरीवाना अशुली, केही कानूनहरु नै संसोधन गर्नु पर्ने लगायतका सुझाव आएको संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले बताउनु भयो । कतिपय कानूनहरु अव्यवहारिक भएकोले त्यसलाई समय सुहाउदो बनाउन समेत छलफलमा व्यवसायीहरुले माग गरेको महासचिव बलराम आचार्यले बताए । व्यवसायीहरुले मालसामान वोक्ने गाडीमा दुई जना भन्दा बढी हुदा, सवारी साधन भन्दा बाहिर निस्कने गरी रड तथा स्टिल फेब्रिकेसनका सामान वोक्दा, पसलबाट सामान लोड अनलोड गर्दा ट्राफिक प्रहरीबाट हैरानी र जरीवाना तिर्दै आउनु परेको बाध्यतालाई अब कानूनबाटै यसलाई संसोधन गरी व्यवहारिक बनाउन माग गरेका हुन् ।

 

 

 

Related posts