ताजा खबर

राष्ट्रिय महिला क्रिकेट टोलीलाई उपाधि

पोखरा ९, भदौं

नेपाली महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि जितेको छ । आज(शनिबार)भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।

नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस (डीएल) पद्दतिका आधारमा गरिएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जिते र पछि हङकङलाई व्याटिङको निम्तो दिएको थियो ।

हङकङले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो । १०२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो ।त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् ।

त्यसअघि काजल श्रेष्ठ भने रन नबनाइकन आउट भइन् । वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।

Related posts