ताजा खबर

धरानमा शुक्रबार राती १२ बजेदेखि भोलि शनिबार राती १२ बजेसम्म निषेधाज्ञा

सुनसरी ८, भदौं

धरानमा आज(शुक्रबार) राती १२ः००बजेदेखि भोलि (शनिबार) राती १२ः०० बजेसम्म निषेधाज्ञाको घोषणा गरिएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरमा देखिएको धार्मिक तथा साम्प्रदायिक अवस्था तथा जनस्वास्थ्य समेतको अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा आदेश जारी गरिएको एक प्रेस विज्ञेप्ति मार्फत जानकारी गराइएको छ ।

सुनसरीका १२ पालिकामा डेंगु फैलिएर १६ हजार भन्दा बढी संक्रमित भएकोले धरान उपमहानगरमा डेंगु नियन्त्रण नहुदासम्म स्वास्थ्य सङ्कटकाल घोषणा सिफारिस गरिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । उक्त क्षेत्रमा धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम भोलि एक दिनका लागि अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला तथा प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न तथा नगराउन भन्दैै निषेधाज्ञा जारी गरिएको छ । धानमा गोरु काटेर खाएको भिडियो सामाजिक संजालमा राखे पछि नेपालमा धार्मिक साम्प्रदायिकमा खलल पुग्न थालेकोमा धेरैले चिन्त्ता व्यक्त गरेका वेला हिन्दु धर्मलम्वीहरुले भने भदौं ९ शनिबार धरानमा बृहत रेयाली प्रर्दशन गर्ने तयारी गर्नु भएको थियो ।

Related posts