ताजा खबर

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

पोखरा ७, भदौं

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन्। पोखरामा बुधबार बेलुका सम्पन्न भएको सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संघको उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा सुमनराज कार्की, कोषाध्यक्षमा दिवाकर थापा चयन भए भने यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजु, ऋषिराम गौतम, फणीन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी, विद्यादेवी भट्टराई, भोजराज बराल, सन्तोष शर्मा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रङ्गशालाामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न पहल गर्ने बताए । प्रदेशको खेलको विकासमा आफुहरु लाग्ने उनले बताए ।

Related posts