ताजा खबर

१०० दीन पुग्दा पनि प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएन

डि.एन.बी.
पोखरा ६, भदौं

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले एक सय दिन पुग्दासम्म आफ्नो सम्पत्ति विवरण बुझाउनु भएको छैन्। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइडमै उक्त विवरण राख्नु पर्नेमा हालसम्म राखिएको छैन् ।

यसैबिच सरकारका प्रवक्ता सरस्वती अर्याल (तिवारी) ले अबको २२ दिन भित्र प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने बताउनु भएको छ । नयाँ सरकार गठन भए लगत्तै बजेट बनाउनु पर्ने भएको र सम्पत्ति विवरण सवै मन्त्रीहरुले समयमै बुझाउन नसकेको कारण सार्वजनिक गर्न ढिलाई भएकोले अबको २२ दिनमा सार्वजनिक गर्ने तयारी गरेको उहाँले बताउनु भएको हो ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री समेत रहनु भएको प्रवत्ता तिवारीले मत्रिमण्डल गठन प्रकृया दोश्रो चरणमा गरी भएको हुनाले पनि पहिला नियुक्ति भएका ३ मन्त्रीले पहिला नै तयारी गरे पनि एकै पटक सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने भन्दा भन्दै ढिलो भएको उहाँको भनाई थियो ।

गत बैशाख २९ गते पदभार ग्रहण गर्नु भएको मन्त्री तिवारीले १०० दिनको अवसरमा पोखरा महत्वपूर्ण उपलब्धीहरु सार्वजनिकीकरण कार्यक्रममा पत्रकारले किन ६० दिनमा तपाईहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाई भएको भनी सोधेको प्रश्नमा मन्त्री तिवारीले चालु आर्थिक बर्षको ६० दिन भित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरी सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको दाबी गर्नु भएको हो ।

मुस्ताङको कागवेनीमा गत साउन २९ गते आएको बाढीले क्षती पुर्याएकोले उक्त क्षेत्रमा खानेपानीको भोलि पल्ट नै पानीको व्यबस्था मिलाएको मन्त्री तिवारीले बताउनु भयो । बाढीले प्रभावित बनाएको ९ सय मिटर क्षेत्रमा भोलि पल्ट नै पानी मर्मत गरिएको उहाँले जनाउनु भयो । मुस्ताङको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको दाबी गर्दै पहिलो चरणको केही राहत मुस्ताङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वले माग गरे बमोजिमको राहत उपलब्ध गराएको र भोलिका दिनमा पनि सरकार तयार रहेको उल्लेख गर्नु भयो ।

Related posts