ताजा खबर

कनेक्टिङ वल्र्ड एजुकेसनको रनिङ शिल्ड भलिवल प्रतियोगिता सम्पन्न

पोखरा २३, जेठ

कनेक्टिङ वल्र्ड एजुकेसनको आयोजनामा हालै पोखरामा सम्पन्न भएको प्रथम सि.डब्लु.ई.एफ.रनिङ शिल्ड भलिवल प्रतियोगिता सम्पन्न भएको छ । युवा बर्गका खेलकुद र राष्ट्रिय खेल भलिवलको महत्व बुझाउन आफ्नो संस्थामा आबद्ध भएका प्रशिक्षार्थीहरु बिचको आपसी भाईचारा सहितको खेलकुदको विकासको लागि उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका संस्थापक , म्यानेजर तथा प्रतियोगिता संयोजक सुमन थापाले बताए ।

पुरुष तर्फ १६ टिम सहभागि मध्य सि.डब्लु.ई.एफ.को बी टिम विजेता भएको छ । पोखराको फुलवारी स्थित ग्रिन गार्डेन स्पोट्र्समा हालै सम्पन्न भएको फाइनल खेलमा विवस पुलामी मगरको कप्तानीमा सि.डब्लु.ई.एफ.को बी.टिमले सागर छन्त्यालको कप्तानीमा मैदानमा उत्र्रिएको सि. डब्लु.ई.एफ.को एफ टिमलाई ३३—३१, २५—२३, २५—२३ को सेटमा पराजित गर्दै उपाधि जितेको छ । प्रतियोगितामा सि.डब्लु.ई.एफ.को बी.टिमका सागर छन्त्याल उत्कृष्ट खेलाडी घोषित हुदै ट्रफी हात पार्न सफल भएका छन्।

त्यसै गरी महिला तर्फ सि.डब्लु.ई.एफ.को सी टिम विजेता भएको छ । फाइनल खेलमा सि.डब्लु.ई.एफ.को सी टिमले सि.डब्लु.ई.एफ.को बी टिम लाई पराजित गर्दै २५—२३, २८—३० र २५—१९ को सेटमा पराजित गर्दै उपाधि जितेको आयोजक संस्था सि.डब्लु.ई.एफ.ले एटुजेडलाई जनाएको छ ।

प्रतियोगितामा पुरुष तर्फ विजेताले १० हजार उपविजेताले ७ हजार र महिला तर्फ भने विजेताले ३ हजार साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्। विजयी खेलाडीहरुलाई राष्ट्रिय रेफ्रि श्याँम बहादुर श्रेष्ठ, संस्थाका म्यानेजर तथा प्रतियोगिता संयोजक सुमन थापा,संस्थापक निसान्त थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

Related posts