ताजा खबर

कुमुदिनी होम्समा पुनः चाईनिज भाषाको कक्षा संचालन

पोखरा, २२ जेठ

विद्यालयलाई विद्यालयको रुपमा मात्रै नभई विद्यार्थीको व्यवहारिक सिकाईको घरको रुपमा हामीले लिएका छौं । उनीहरुलाई सामाजिक, सांस्कृतिक सम्पदायुक्त वातावरणमा अगाडी बढाउने सधैं उच्च लक्ष्य लिएकोले हामीले गर्ने र सोच्ने भनेको पनि सधैं उच्च लक्ष्यकै लागि हो ।

सोमबार विद्यालयको एसेम्बलिपछि आफ्ना विद्यार्थीको अगाडी उभिएर यस क्षेत्रकै अग्रणी विद्यालय पोखरा गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले भने, आजबाट हाम्रो विद्यालयमा पुनः चाईनिज भाषाको कक्षा शुरु भएको छ । उनले यसो भनिरहँदा विद्यार्थी, शिक्षक तथा त्यहाँ उपस्थित भएकाहरुको तालिको गडगडाहट चलेको थियो ।
मेरो एउटै सपना हो कि कसरी सधैं उत्कृष्टता हासिल गरिरहने रु यसैका लागि देश वा विदेशमा भईरहेका शिक्षण् सिकाईका नयाँ नयाँ विधिहरु ति विद्यार्थी, शिक्षक वा अविभावकका लागि पनि लागू गरिरहन मन लाग्छ र त्यो गरिरहेको पनि छु । र अहिले पुनः चाईनिज भाषाको कक्षा शुरु गरेको छु ।

विद्यालयमा कोभिड १९ भन्दा अगाडी चाईना कल्चर सेन्टर, चाईनिज दूतावासबाटै चाईनिज भाषा पढाउने शिक्षक आएर भाषा सिकाई रहेको अवश्था थियो । तर कोभिड आएपछि संचालन गर्न सकिएन । अहिले कोभिडको समस्या नभएकोले पुनः चाईनिज भाषाको शिक्षक बोलाएका छौं । उनले सबैका अगाडी परिचय पनि गराए कि उहाँ हुनुहुन्छ ताङ तिङ तिङ चाईनबाट आउनु भएकी चाईनिज भाषा पढाउने शिक्षक ।

कोभिडपछि ३ वर्ष चाईनिज भाषको पढाई गर्न नसकिए पनि अहिले फेरि शुरु गर्न सफल भएका छौं । पालिखेले भने, शिक्षक एक एक वर्षका लागि हामीले बोलाएपछि आउनु हुन्छ । अहिले पनि त्यसै गरेका छौं उनले भने ।

हामीकहाँ मातृ भाषा, राष्ट्रिय भाषा नेपाली र अंग्रेजी जान्ने त भए । यसमा पनि आर्थिक, शैक्षिक, व्यावसायी सबै कुराले सम्पन्न भएको देशको भाषा अर्थात चाईनाको चाईनिज भाष सिकाउन पाईयो भने पछि त्यहाँ अध्ययन गर्न जान चाहने विद्र्याीलाई धेरै सजिलो हुनेछ । यसले विद्यार्थीको दक्षता अभिवृद्धिमा निकै सघाउ पुर्याउने हामीले आशा गरेका छौं, पालिखेले भने ।

चाईनिज भाषा सिकाउन थाल्नु भयो विद्यार्थी वा अविभावकले यसको कुनै भार व्योहोर्नु पर्छ कि पर्दैन रु भन्दा उनले अविभावकबाट चाईनिज भाषा सिकाएवापत् कुनै शुल्क नउठाउने र यो विद्यालयलेनै संयोजन गर्ने उनले बताए ।

अध्यक्ष पालिखेले अहिले कक्षा ५, ६ र ७ का विद्यार्थीलाई चाईनिज भाषाको कक्षा शुरु गरिएको बताए । विद्यार्थीको दक्षता, हित र भविष्यको लागि यो शुरु गरिएको हो । चाईनिज भाषा संगसंगै उनीहरुलाई चाईनिज संस्कार, संस्कृति र कलाको बारेमा पनि जानकारी हाँसल हुने उनले बताए ।

Related posts