डि.एन.बी.
पोखरा ११, जेठ
गण्डकी प्रदेशकी उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेश भित्र लिफ्टीङ खानेपानीको बिद्युत महशुल निशुल्क गराउने बताएकी छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले विहिबार पोखरामा आयोजना गरेको नेपालमा उर्जा उत्पादनको संभावना र गण्डकी प्रदेशको दिगो विकासको लागि उर्जा बिषय छलफल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तिवारीले उक्त कुरा बताएकी हुन्।
अझै प्रदेशका २ हजार ८ सय ८४ घर धुरीमा बिद्युत सेवा पुग्न बाँकी रहेको उनले बताइन्। गण्डकी प्रदेशलाई उज्ज्यालो प्रदेश बनाउने अभियान अन्र्तगत ९९.५ प्रतिशत बिद्युत तथा सोलारलाइट सेवा पुगेको मन्त्री तिवारीले जनाइन् । पुरानो बिद्युत एन भएको कारण स्थानिय, प्रदेश र संघिय सरकारसंगको समन्वय सहकार्यको अभावमा धेरै आयोजनाहरु प्रभावित भएको बताइएको छ ।
प्रदेश सरकारको यो अभियानलाई निजी क्षेत्रले समेत सहकार्य गरी आफ्नो सामाजिक उत्तरदाहित्व बोध गर्न उनले आग्रह गरिन्। बिद्युत ऐन समयमै संसोधन नहुदा आन्तरिक बजार व्यबस्थापन देखि उत्पादन भएको बिद्युत बिक्रि गर्न सम्म समस्या भएको मन्त्री तिवारीले बताइन् ।
बिद्युत क्षेत्रमा ठुलो बदमासी भएको आरोप लगाएकी उनले बिद्युतको पोलमा अनावश्यक रुपमा इन्टरनेट र केवलका तारहरु झुण्डायर बजारमा अव्यबस्थित भएको जनाइन्। बिद्युत पोलमा यसरी अन्य निजी क्षेत्रका तारहरु राख्न दिनु कति उचित हो भन्दै उनले प्रति प्रश्न समेत गरिन्।
इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालको पानी समृद्धिको खानी भएको दाबी गरे । २०४९ साल देखि हालसम्म करिब २९ बर्षको अन्तरालमा जलबिद्युतको क्षेत्रमा निजी क्षेत्रले ठुलो लगानी गरेको दाबी गरे । गण्डकी प्रदेशका कुनै वडा वा पालिकालाई ग्याँस मुक्त क्षेत्र घोषणा गरी बिद्युत पर्यटनको सम्भावनालाई उजागर गर्न अध्यक्ष आचार्यले आग्रह गरे ।
गण्डकी प्रदेशमा जम्मा ११ हजार ४ सय ८ मेगावार्ट बिद्युत उत्पादनको विभिन्न चरणमा अध्ययन भई रहेको इप्पानका कार्यकारी सदस्य प्रकाश दुलालले बताए । गण्डकी प्रदेशमा करिब २४ हजार मेगावार्ट बिद्युत उत्पादन हुने क्षमता भए पनि हाल ५ सय ७१ मेगावार्ट मात्र बिद्युत उत्पादन भएको उनले जनाए ।
इप्पान गण्डकीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद, प्रदेशका केही गाँउपालिकाका अध्यक्ष, केही वडाका वडा अध्यक्ष, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । उर्जा क्षेत्रमा नेपालको अथाह सम्भावना भएकोले यस क्षेत्रको प्रबद्र्धनको लागि देशका सातै प्रदेशमा उक्त कार्यक्रम संचालनकै क्रममा रहेको जलबिद्युत पत्रकार भिम गौतमले बताए ।