पोखरा ९, जेठ
गण्डकी प्रदेशको राजधानि पोखरामा प्रदेशका मुख्यमन्त्रीहरुको भेला हाल स्थगित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको समन्वयमा पोखरामा दोश्रो पटक प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने अन्तिम तयारी कै क्रममाा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काम बिषेशले गर्दा कार्यक्रममा सहभागि नहुने भए पछि हाल उक्त कार्यक्रम स्थगित भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
देश संघियतामा गएसंगै संघिय सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार दिन नसकेको सन्र्दभमा प्रदेशका मुख्यमन्त्रीहरु एकै स्थानमा भेलाभई संयुक्त रुपमा संघिय सरकारसंग अधिकार माग गर्ने गरी उक्त कार्यक्रम आयोजना गर्न लागिएको श्रोतको भनाई छ । मुख्यमन्त्रीको निजी सचिवालयका प्रेस संयोजक नरहरि सापकोटाद्धारा हस्ताक्षरित प्रेस विज्ञेप्ति मार्फत जेठ १० गते हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालको लागि स्थगित भएको उल्लेख गरिएको छ ।
यस अघि २०७५ भदौं २१ र २२ गते तत्कालिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वले प्रदेशका मुख्यमन्त्रीहरुको भेला अर्थात अन्तरप्रदेश समन्वय समिति बैठक बसेको थियो । त्यस पश्चात हालसम्म कुनै प्रदेशका मुख्यमन्त्रीहरुको भेलाको आयोजना भएको छैन्।
प्रदेश सरकारले जग्गा प्राप्ती, प्रहरी प्रशासन, ऋण लिने कानूनि व्यबस्था लगायतका समस्याले गर्दा प्रदेशका गौरवका योजना तथा प्रदेशले चाहेर पनि कतिपय योजनाहरु प्रभावित हुने भएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्।