ताजा खबर

पोखराका अभिषेक टेनिसको विश्व र्याङकीङमा पहिलो नेपाली खेलाडी

जीवन बराल

पोखरा, ५ बैशाख

जस्तो संगत उस्तै फल भने झै आफ्ना बाबु र आमा खेलाडी भएको हुनाले खेलको मर्म र भाव बुझ्दा आज उनका छोराले टेनिसको विश्व र्याङकीङमा नेपालको पहिलो खेलाडीको रुपमा नाम राख्न सफल भएका छन्। पोखराका अनुज बाँस्तोला र पद्मा बाँस्तोलाको खेल जीवनको कारण उनकै प्रेरणाले आज उनका छोरा अभिषेश बाँस्तोला विश्व र्याङकीङमा नेपालकै पहिलो खेलाडी तथा विश्व बरियतामा १७९० औं स्थानमा पुगेका छन्।

आठ बर्ष देखि खेल क्षेत्रमा होमिएका अभिषेशले आफ्नो घर परिवारको उपयुत्त वातावरणका कारण आज टेनिस खेलको उक्त स्थानमा पुग्न सफल भएको दाबी गरे । १३ बर्षको उमेरदेखि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका अभिषेशले हालसम्म १४ देशमा आयोजित टेनिस प्रतियोगितामा सहभागि भएका छन्। टेनिस खेलको आइटिएफको रेङकीङमा १७९० मा रहेका अभिषेश यस बर्ष १ हजार जना भित्र पर्ने र अर्को बर्षमा ५ सय जना भित्र पर्ने गरी आफु खेल्ने रणनितीक योजनामा रहेको बताए । उनले प्राप्त गरेको रेङकीङ नेपालमा अहिलेसम्मकै ठुलो उपलब्धि हो ।

एक पछि अर्को सफलता हासिल गर्दै उनले अब ओलिम्पक गेममा सहभागि हुने सपना देख्न थालेका छन् । ओलम्पिक पछि ग्राण्ड स्लाममा सहभागिता भई नेपालको नाम विश्व सामु परिचित गराउने लक्ष्यका साथ अघि बढ्ने क्रममा नेपाल सरकार, टेनिस संघ लगायतका सबैले आफ्नो खेल जीवनको यात्रालाई सफल बनाउन साथ र सहयोगको आवश्यक भएको अभिषेशले बताए । अष्ट्रेलियन, यूएस खुल्ला लगायतका ४ वटा विधामा टेनिस खेलको ग्राण्ड स्लाम हुने गर्दछ भने त्यहासम्मको यात्रा तय गर्न आफुले अब दिन रात मेहनत गर्ने उनले जनाए । नेपालमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि उपयुक्त वपातावरण मिलाउन समेत अभिषेकले माग गरेका छन्। जिल्ला, प्रदेश हुदै छनौट अनि बन्द प्रशिक्षणको समयले गर्दा आफुले अन्तराष्ट्रिय क्षेत्रमा कायम गरेको र्याङक भने घट्ने हुँदा यस बिषयमा सम्बन्धित पक्षले आफुहरु जस्ता खेलाडीहरुको सम्मानमा खेल खेल्ने वातावरण मिलाउनु पर्ने उनले जनाए ।

अभिषेकले कोरियाको इन्चोनमा भएको १७ औं एशियन गेम्समा सहभागिता जनाईसकेका छन् भने चीनको नान्जिङमा दोस्रो युथ गेम्समा सहभागिता जनाएका थिए । इण्डोनेशियामा आयोजित १८ औं एशियन गेम्समा पनि अभिषेकले नेपालको प्रतिनिधित्व गरेका थिए । अभिषेश अमेरीकामा आयोजना हुने कलेज स्तरिय प्रतियोगितामा सबै भन्दा ठुलो प्रतियोगिताका रुपमा लिइने एनसीएएको डिभिजन वान मा सहभागि भई त्यहाँबाट माथिल्लो स्तरका टेनिसमा छनौट भएका थिए । महंगो मध्येकै टेनिस खेलको यात्रामा आफ्नो घर परिवारको साथ सहयोगले गर्दा आज यहाँसम्मको यात्रामा आएको बताएका अभिषेकले नेपालमा रहेको भए वल्र्ड र्याङकीङमा पर्ने सम्भवना नभएको गुनासो गरे । खेलाडीहरुको प्रतिभा प्रस्फुटन हुनको लागि लगातार प्रतियागिताहरु हुनु पर्ने उनले बताए ।

२५ वर्षिय अभिषेकले मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आफुले अब थप मेहनत गरी खेल्ने बताए । पोखराको प्रस्र्याङ टेनिस कोर्टबाट टेनिस खेलको सुरुवात गरेका अभिषेकले थाइल्याण्ड हुदै अमेरीकासम्म पुगेर आफ्नो खेल कौशल मार्फत नेपालको नाम विश्व सामु परिचित गराउने काम गर्दै आएका छन्। चुनौतिको सामना गर्न शारीरिक, मानसिक एवं प्राविधिक रुपमा प्रशिक्षत हुन जरुरी भएको उनले जनाए ।

अमेरिकाको क्यालिफोर्नियासिथत सेन्ट मेरिज कलेबाट सन २०२० मा स्नातक गरेका अभिषेकले आफ्नो परिवारले खेलको महत्व बुझेर आफुलाई खेल क्षेत्रमा स्वतन्त्र रुपमा छाडेर वातावरण अनुकुल बनाएका कारण टेनिसमा यहाँसम्मको यात्रामा आउन सफल भएको जनाए । अभिषेकका बाबु अनुज बाँस्तोलाले आफ्ना छोरा छोरीलाई खेलाडी बनाउने भन्ने बिषयमा धेरै पटक सोच्नु पर्ने अबस्था रहेको बताए । १३ बर्षमा अभिषेकले भ्यानमारमा भएको खेलमा नेपालको तर्फबाट उत्कृष्ट खेल प्रर्दशन गरेसंगै खेल जीवनमा राम्रो गर्ने संकेतले परिवारले साथ दिएको उनले जनाए । आफ्नो पहलबाट अभिषेकले हासिल गरेको रेङकीङ नेपालको लागि ठुलो उपलब्धि भएको अनुजले बताए ।

नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले टेनिस अभिषेश जस्ता खेलाडीहरुलाई नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि उपयुक्त वातावरण मिलाउनु पर्ने बताए । उनले टेनिस खेलबाट आईटिएफमा अभिषेकले नेपालको झण्डाको प्रतिनिधित्व गरेकोप्रति गर्व गरे । भविश्यमा पोखरामा अन्तराष्ट्रिय स्तरको टेनिस एकेडेमी स्थापना गरी अभिषेकले खेलाडी उत्पादन गर्ने अभियानमा लाग्ने भएको उपाध्यक्ष कायस्थले जनाए । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले लोकप्रिय खेल टेनिसमा अभिषेकले प्राप्त गरेको रेङकीङलाई थप सुधार गर्दै लैजान आग्रह गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले यस्ता खेलाडीहरुको हौसला र प्रोत्साहनको लागि राज्य र खेल संघ तथा राखेपले उपयुक्त वातावरण मिलाउनु पर्ने बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नविन श्रेष्ठले बताए ।

Related posts