ताजा खबर

पूर्व राष्ट्रिय फुटबल खेलाडी गुरुङको निधन

पोखरा ८, चैत

नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी डम्बरसिङ ंगुरुङको उपचारको क्रममा निधन भएको छ । मुटुको समस्याले गर्दा अस्ताल पुराइएको गुरुङको उपचारको क्रममा ७२ वर्षको उमेरमा बुधबार दिउँसो निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ । केही बर्ष देखि उच्च रक्तचापबाट उनी प्रभावित भएको स्थानियले बताए ।

लामो समय बेलायती सेनामा कार्यरत भएका उनी सेवानिर्वित भएसंगै नेपाली राष्ट्रिय टिमबाट ओलम्पिक क्वालिफायर राउण्डमा कुवेत विरुद्ध खेले । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक भएका गुरुङ, एपिएफ क्लव, सहारा एकेडेमी लगायकतका संघ स्.सथामा प्रशिक्षकको जिम्मेवार बहन गरेका थिए ।

उनका एक श्रीमती, एकछोरा र ३ छोरीहरु रहेका छन् ।

 

Related posts